सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथान र लालबन्दी नगरपालिका–१५, देउरालीलाई जोड्ने गरी फूलजोर खोलामा पुल बन्ने भएको छ ।
झिमरुक गाउँपालिका–७, तुसारा प्युठानकी ३० वर्षीय सीता पोख्रेलले लोक सेवा आयोगद्वारा लिइएका आठ वटा परीक्षा नौ महिनाभित्रै उत्तीर्ण गर्न सफल हुनुभएको छ । नेपाल आयल निगम छैटौँ तह, नेपाल विद्युत् प्राधिकरण (प्राविधिक) सातौँ, नागरिक उड्डयन प्राधिकरण (प्राविधिक) पाँचौँ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी सातौँ, राष्ट्रिय परीक्षा बोर्ड छैटौँ, त्रिवि सेवा आयोग छैटौँ, गुठी संस्थान छैटौँ तह र काठमाडाैँ उपत्यका खानेपानी लिमिटेडको छैटौँ तह पास गरेकी सीता अहिले नेपाल विद्युत् प्राधिकरण रामेछापमा सातौँ तहकी प्रशासनिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
रौतहटमा आगलागीबाट एक घर पूर्ण रूपमा नष्ट भएको छ । मौलापुर नगरपालिका–५, गोदावरी चोकस्थित एक घरमा आइतबार साँझ आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
बाजुराको बुढीगङ्गा नगरपालिका–२ स्थित वसन्त बालमैत्री आधारभूत विद्यालय नगरकै एक उत्कृष्ट विद्यालय हो । २०५१ देखि सञ्चालित यो विद्यालय बुढीगङ्गा नगरपालिकाले लिने गरेको कक्षा ५ को नगरस्तरीय परीक्षामा सधैँ उत्कृष्ट रहँदै आएको छ । वसन्त बालमैत्री विद्यालयको प्रधानाध्यापक बहादुर थापाले विद्यालयको शिक्षा राम्रो भए पनि भौतिक संरचना निकै कमजोर रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारले विद्यालयको भौतिक पूर्वाधार तथा अन्य व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्ने हो तर लामो समयदेखि विद्यालयको एउटा झ्यालसमेत फेर्न सकिएको छैन ।”
जुम्लाको पातारासीमा हाई अल्टिच्युड तालिम केन्द्र निर्माण हुने बाटो खुलेको छ । लामो समयदेखि जग्गा अभावका कारण निर्माण हुन नसकिरहेको तालिम केन्द्रका लागि अहिले जग्गा प्राप्तिपछि निर्माणका लागि बाटो खुलेको हो ।
महोत्तरीको बर्दिबास उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी माहोल तातिएको छ । यही चैत २४ गते हुने निर्वाचनमा दुई प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।
हुम्लाका दक्षिणी क्षेत्रका दुई वटा गाउँपालिकामा नुनको अभाव भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन ढुवानी गर्ने जिम्मा पाएको कम्पनीले समयमा ढुवानी नगर्दा ताँजाकोट र अदानचुली गाउँपालिकामा नुनको अभाव भएको हो ।
जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकास कार्यालय सल्यानले छ वटा संरचना पुनर्निर्माण गरेको छ । करिब तीन करोड रुपियाँको लागतमा चार वटा विद्यालय र दुई वटा स्वास्थ्य संस्था पुनर्निर्माण सम्पन्न गरिएको हो ।
सरकारले अधिवक्ता डा .नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
मौसम प्रतिकूलताका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा अवरुद्ध हुँदै आएको उडान तीन सातापछि सुचारु भएको छ । मौसम अनुकूल भएसँगै सुकेटार विमानस्थलमा सोमबारदेखि उडान सुचारु भएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका–५ पैसौँस्वाराका एक दलित दम्पतीले हातको सिप बेचेर पनि जीविकोपार्जन गर्न कठिन भएको गुनासो गर्नुभएको छ ।
सरकार परिवर्तन भएको एक साताभित्रै सप्तरीका सरकारी कार्यालयका कर्मचारीहरूको व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेपछि सेवाग्राहीहरूले सहज महसुस गर्न थालेका छन् ।
नयाँ सरकार बनेसँगै सरकारी कार्यालयको सेवा प्रवाहमा केही परिवर्तन आउन थालेको छ । बिचौलियाको बिगबिगीले अस्तव्यस्त मालपोत, नापी, यातायात व्यवस्थालगायतको सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार आएको हो । सरकारले सरकारी कार्यालयको सेवा प्रवाहलाई बिचौलियामुक्त बनाउने अभियान चलाएपछि कैलालीका सरकारी कार्यालयको सेवा प्रवाहमा परिवर्तन आएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सभा सदस्यको पद रिक्त भएको छ । तत्कालीन प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले प्रतिनिधि सभा सदस्यको चुनाव लड्नका लागि प्रदेश सभा सदस्यबाट स्वैच्छिक राजीनामा दिएपछि एउटा पद रिक्त भएको हो ।