नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्तरिक पर्यटन प्रवर्धनका लागि सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदालाई उपयोग गर्दै व्यवसायीहरूले विशेष प्याकेजहरू ल्याउनुपर्ने बताउनुभएको छ।
काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३ प्रतिशतले वृद्धि भएको छ । सोमबारबाट लागू हुनेगरी काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३.२६ प्रतिशतले वृद्धि भएको हो ।
दोलखाको प्रमुख व्यापारिक केन्द्र चरिकोट र पर्यटकीय क्षेत्र जिरीसँग जोड्ने मुख्य मार्गमा पर्ने तामाकोसी नदीको पुल नौ वर्षदेखि अलपत्र छ। सरकारी उपेक्षा र निर्माण व्यवसायीको लापरबाहीको कारण यो पुल लामो समयदेखि अधुरो अवस्थामा रहेको छ।
तनहुँ जिल्लामा सञ्चालित क्रसर उद्योगहरूले वातावरणीय मापदण्ड र सञ्चालन प्रक्रिया पालना गरे/नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन सुरु गरेको छ ।
संयुक्त राज्य अमेरिका, इरान र क्षेत्रीय मध्यस्थकर्ताबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले सम्भावित ४५ दिने युद्धविरामका लागि गम्भीर छलफल भइरहेको जनाइएको छ ।
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३, चनौटेमा आइतबारदेखि औपचारिक रूपमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।
एसइई परीक्षाको तेस्रो दिन आइतवार रौतहटबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६, मोतियाहीका २१ वर्षीय रंजित कुमार साह हुनुहुन्छ ।
साहित्यकार राजकुमारी कुँवर (सानु गुल्मेली) को ‘उल्टो थपडी’ कविता संग्रह विमोचन भएको छ । कविता संग्रहमा ५५ वटा कविता समावेश छन् ।
स्थानीयवासीहरूले कञ्चनपुर–कमला सडक निर्माण आयोजना अन्तर्गत लहान नगरपालिकाको सहरी क्षेत्रमा निर्माण कार्यले तीव्र गति लिनुपर्ने माग गरेका छन् ।
आयोजक योगिनी युवा क्लब ‘बी’ ले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा जित हासिल गरेको छ ।
समुद्रको शान्त र सुन्दर भागमा माछाको एउटा परिवार बस्थ्यो । उनीहरूको परिवारमा तीन जना सदस्य थिए । परिवारमा आमा माछा, बुवा माछा र उनीहरूको सानो बाबु माछा थियो । परिवार सुखी र खुसी थियो । सानो माछा निकै चञ्चल र जिज्ञासु स्वभावको थियो । ऊ आफ्ना साथीसँग लुकाछिपी खेल्न, कहिले माथि त कहिले गहिराइमा पौडिन धेरै रमाउँथ्यो । ऊ एक दिन खेल्दाखेल्दै घरबाट अलि टाढा पुग्यो । ऊ अचानक ए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी रहेको अस्पतालमै फिर्ता पठाउन सुरु गरेको छ । यससँगै एक अस्पतालमा दरबन्दी भएर काजमा अन्यत्र बसेका चिकित्सकहरूले अब मूल दरबन्दी भएकै अस्पतालमा फर्किएर काम गर्नुपर्ने भएको छ ।
सप्तरीको तीन छुट्टा छुट्टै स्थानमा सोमबार राति विभिन्न समयमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । तीनवटै स्थानमा भएको आगलागीबाट छ लाख ७३ हजार पाँचसय रुपियाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनबाट आगामी तीन वर्षका लागि राजेन्द्र राउतको प्यानल निर्वाचित भएको छ । विराटनगरमा सम्पन्न महासंघको आठौं प्रदेश सभाबाट अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनुभएको हो ।
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गतको दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा लामो समयदेखि कायम वन क्षेत्रको अवरोध हटेको छ । रुख कटानको कानुनी र आर्थिक जटिलता समाधान भएसँगै आयोजनाको कामले गति लिएको हो ।