आयोजक योगिनी युवा क्लब ‘बी’ ले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा जित हासिल गरेको छ ।
समुद्रको शान्त र सुन्दर भागमा माछाको एउटा परिवार बस्थ्यो । उनीहरूको परिवारमा तीन जना सदस्य थिए । परिवारमा आमा माछा, बुवा माछा र उनीहरूको सानो बाबु माछा थियो । परिवार सुखी र खुसी थियो । सानो माछा निकै चञ्चल र जिज्ञासु स्वभावको थियो । ऊ आफ्ना साथीसँग लुकाछिपी खेल्न, कहिले माथि त कहिले गहिराइमा पौडिन धेरै रमाउँथ्यो । ऊ एक दिन खेल्दाखेल्दै घरबाट अलि टाढा पुग्यो । ऊ अचानक ए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी रहेको अस्पतालमै फिर्ता पठाउन सुरु गरेको छ । यससँगै एक अस्पतालमा दरबन्दी भएर काजमा अन्यत्र बसेका चिकित्सकहरूले अब मूल दरबन्दी भएकै अस्पतालमा फर्किएर काम गर्नुपर्ने भएको छ ।
सप्तरीको तीन छुट्टा छुट्टै स्थानमा सोमबार राति विभिन्न समयमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । तीनवटै स्थानमा भएको आगलागीबाट छ लाख ७३ हजार पाँचसय रुपियाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनबाट आगामी तीन वर्षका लागि राजेन्द्र राउतको प्यानल निर्वाचित भएको छ । विराटनगरमा सम्पन्न महासंघको आठौं प्रदेश सभाबाट अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनुभएको हो ।
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गतको दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा लामो समयदेखि कायम वन क्षेत्रको अवरोध हटेको छ । रुख कटानको कानुनी र आर्थिक जटिलता समाधान भएसँगै आयोजनाको कामले गति लिएको हो ।
राजा रणबहादुर शाह सन्काहा स्वभावका थिए । उनका पालामा अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँमा सरकारी गोठ थियो । त्यस गोठमा धेरै गाई र साँढे पालिएका थिए । ती साँढेमध्ये एउटा सबैभन्दा अजङ्गको थियो । त्यसको नाम माले साँढे राखिएको थियो । राजा रणबहादुर शाह त्यस माले साँढेका परम् भक्त थिए । राजाले माले साँढेलाई तपाईं भनेर सम्बोधन गर्थे । राजाले साँढेलाई तपाईंनेर आदर गरेपछि गोठालाले त ‘हजुर सरकार’ भन्नै प¥यो ।
नेपालगञ्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिइएको छ ।
विसं २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन अविष्मरणीय घटनाका रूपमा रहेको छ । त्यो आन्दोलन विरोध प्रदर्शन मात्र नभई नेपाली विद्यार्थी तथा युवाको चेतना र मानसिकतामा आएको ठुलो परिवर्तनको सङ्केत पनि हो । नेपाल सरकारले २०८२ भदौ १७ गते सबै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदाको परिणाम थियो त्यो आन्दोलन । जेनजी आन्दोलन काठमाडौँको माइतीघरबाट सुरु भएको थियो । त्यस क्रममा ७० भन्दा बढी यु
नाता सामजिक संरचनाभित्रको एक एकाइ हो । समाजशास्त्रीहरूले यसलाई सूक्ष्म सामजिक संस्थाका रूपमा मानेका छन् । प्राणी जगत्भित्रको एक सदस्यका रूपमा रहेका मानिसलाई अन्य प्राणीभन्दा फरक अस्तित्व र संस्कृतिको रूपमा परिचित गराउने श्रेय नाता व्यवस्थाले नै प्राप्त गरेको छ ।
चार वर्षबाट मुटुमा समस्या देखिएर उपचार नगर्नु भएका अर्जुनचौपारी वडा नं –४ का ५८ वर्षीय होम नाथ चपाईले गाउँमै मुटुको उपचार पाउनु भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलाहरुलाई ‘परम्परागत पञ्चेबाजा’ को सिप संगै पञ्चेबाजाका सामाग्री हस्तान्तरण गरिएको छ। शिवालय सामुदायिक सिकाई केन्द्रद्वारा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिहरुलाई एक महिने पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनको पाँचौँ बैठकमा सङ्घीय सरकारले प्रतिशोधपूर्ण व्यवहार देखाएको भन्दै प्रदेश सभा सदस्यले विरोध र खबरदारी गरेका छन् । बैठकमा बोल्दै प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले वर्तमान परिस्थितिलाई ऐतिहासिक मोडका रूपमा चित्रण गर्दै राष्ट्रियता र सार्वभौमसत्तामाथि प्रहार भइरहेको आरोप लगाउनुभयो । उहाँले भदौ २३ र २४ गतेको आन्दोलनलाई सही रूपमा नबुझिए मुलुक पुनः अस्थिरतातर्फ धकेलिने चेतावनी दिनुभयो । संसद् भवनमा आगजनी जस्ता घटना आधुनिक सभ्य समाजका लागि अस्वीकार्य रहेको उल्लेख गर्दै उहाँले यस्ता घटनामा संलग्न व्यक्तिको पहिचान र उद्देश्यबारे प्रश्न उठाउनुभएको थियो ।
कोशी प्रदेश सभाको सोमबार बस्ने बैठकबाट ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज पारित हुने भएको छ ।
नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३, खजुराबजारस्थित पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सम्पन्न भएपछि यात्रुले बर्सौंदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले पेडारी नालामा लक्ष्य अनुसार निर्धारित समयमै पुलको काम सम्पन्न भएको जानकारी दिनुभयो ।