नेपालका बुद्धिचाल खेलाडीले चीन र काजकिस्तानमा फरक बुद्धिचाल प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
दक्षिण कोरियाले यस वर्षको सुरुमा उत्तर कोरियातर्फ पठाइएका ड्रोन सम्बन्धी विवादमा पहिलो पटक स्पष्ट स्वीकारोक्ति गर्दै प्योङयाङप्रति खेद व्यक्त गरेको छ । राष्ट्रपति ली जे म्युङले सोमबार उक्त घटनालाई ‘गैरजिम्मेवारपूर्ण’ र ‘लापरवाह’ कदमका रूपमा वर्णन गर्दै यसले अनावश्यक सैन्य तनाव बढाएको बताउनुभयो ।
सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर फुटबल क्याम्प आयोजना गर्ने भएको छ ।
राष्ट्रियसभाका सदस्य रामकुमारी झाँक्रीले सिंहदबार, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण संरचना जलाउँदा पनि केही हुँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लू रोग देखिएको छ ।
नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नालामा थप पुल निर्माण सुरु भएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका र क्षेत्रीय शक्तिबिचको तनाव खतरनाक मोडमा पुगेको छ । पछिल्ला घटनाक्रमले युद्ध अझ फैलिने सङ्केत देखाएका छन् भने मानव क्षति, ऊर्जा सङ्कट र कूटनीतिक टकराव एकै साथ बढिरहेका छन् ।
सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले सकारात्मक परिवर्तनका लागि सरकारलाई समर्थन गर्ने जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ। महासङ्घको प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामवलीअनुसार अध्यक्ष पदमा कुँवर एक्लो उम्मेदवार परेपछि स्वतः निर्विरोध निर्वाचित हुनुभएको हो।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद रहनुभएकी ४३ वर्षीया सुष्मा स्वर्णकार ‘डिम्पल’ ले विभेदविरुद्ध संसद् बैठकमा आवाज उठाउने प्रण गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।
रौतहटको ग्रामीण भेगमा अन्न भण्डारण गर्ने परम्परागत साधन ‘भकारी’ हालसम्म पनि प्रयोग मै छ ।