लागुपदार्थ सेवन गरी सवारी चलाउने १२ जना चालक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान अपरेशन ड्रप अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिइएको हो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा प्रदेश राजधानी जनकपुरधाममा फुटपाथ तथा ऐतिहासिक स्थलमा भएको अतिक्रमण हटाउने अभियान तीव्र रूपमा अघि बढिरहेको छ ।
स्वास्थ्य सेवा प्रणालीको सुधार र गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न ४३ बुँदे सुझावसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गराइएको छ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा वितरित खानेपानी शुद्धिकरणका लागी पानी प्रशोधन युनिट–प्रेसर फिल्टर) जडान कार्य सुरु भएको छ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट नेपाल क्रिकेट सङ्घ (क्यान) लाई ४७ करोड ३६ लाख रुपियाँभन्दा बढी आम्दानी भएको छ ।
नेपाल चिकित्सक सङ्घले हप्तामा दुई दिन सार्वजनिक बिदा चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा पनि कार्यान्वयन गर्न आग्रह गरेको छ ।
कपिलबस्तु प्रहरीले शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीलाई नियन्त्रणमा लिइएको छ ।
फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुहुने भएको छ ।
लमजुङमा निर्माण सुरु गरिएको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत आयोजनाको डिजाइन परिवर्तनपछि पुरक प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।
प्यूठान अस्पतालमा हेमोडायलाईसिस सेवा र नवजात शिशु बिशेष हेरचाह कक्ष (एसएनसीयु) सञ्चालनमा ल्याइएको छ । सोमबार एक कार्यक्रमकाबिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले उद्घाटन गर्नुभएको हो ।
विभागीय टोली आर्मी र एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ ।
सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
कोशी प्रदेश सरकारले ल्याएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ।