लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका छन्।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
१०० वर्ष अघिको गोर्खापत्र
षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र लालीबजारको ‘मिठो संसार’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रका दृश्यलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलीजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री रानामगरको स्वर सुन्न सकिन्छ ।
गुरुङ समुदायको मौलिक पर्व ट्होटेंको अवसरमा मङ्गलबार कास्कीका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । कास्कीका मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले ट्होटेंमा बिदा दिएका हुन् ।
नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ ले जितेको छ । काठमाडौँको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सोमबार भएको समापन कार्यक्रममा उक्त चलचित्रलाई ट्रफी र एक हजार पाँच सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ ।
जाजरकोटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सट्टामा परीक्षा दिने र दिन लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरी प्रहरीले विभिन्न मुद्दाका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालविवाह मुद्दाको कानुनी विवादमा परेका दुईजना र चोरी उद्योगका एक जना रहेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे’ लिस्टबाट बाहिर ल्याउनु जरुरी रहेको भन्दै त्यसका लागि सुशासनका काम गर्नुपर्ने जनमत अनुसार सरकारले काम गर्ने बताउनुभएको छ । स्टक ब्रोकर्स एसोसिएसनको प्रतिनिधि मण्डलसँग सोमबार भएको भेटवार्तामा उहाँले केही अनुसन्धान पुरानै रहेको र अहिले अन्तिमतिर पुगेको जानकारी दिनुभयो । उहाँले अपराध गरेकालाई उन्मुक्ति नहुने हुँदैन तर व्यापारी व्यवसायीमाथि छानीछानी प्रतिशोध नहुने आश्वासन दिनुभयो । उहाँले सरकार निजी क्षेत्रमैत्री रहेको भन्ने आधार आफ्नो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्ने बताउँदै रास्वपा र सरकार निजी क्षेत्रविरोधी नभएको स्पष्ट पार्नुभयो ।
फेदीखोला गाउँपालिकाले तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ट्होटेको अवसरमा स्थानीय बिदा दिएको छ । पालिकाले मङ्गलबार गाउँपालिकाअन्तर्गतका सबै कार्यालय तथा विद्यालयहरूमा बिदा दिएको हो ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६० पैसा र बिक्रीदर १४९ रुपियाँ २० पैसा तोकिएको छ ।
अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार इन्धन सङ्कटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले १० वटा प्रमुख सुधारात्मक कार्यक्रमसहितको विस्तृत कार्ययोजना स्वीकृत गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को चैत १३ गतेको निर्णयानुसार
राष्ट्रिय किताबखाना (निजामती) ले सबै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । आइतबारदेखि नै सबै प्रदेशको मुख्यमन्त्री कार्यालयमा अस्थायी केन्द्र खडा गरी व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक गर्न अभियान सञ्चालन गरेको हो । किताबखानाका २१ जना कर्मचारीलाई सातै प्रदेशमा पिआइएस अद्यावधिक गर्ने कार्य सुरु गरेको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ ।