दैलेखमा निर्माण व्यवसायीको लापर्बाहीका कारण सडक निर्माण अलपत्र परेको छ । ताराघाट–खरीगैरा–गैँडावाज–रानीवन–टाकुरी हुँदै कासिकाँध जोड्ने सडक निर्माण योजना निर्माण व्यवसायीले समयमै सम्पन्न नगर्दा अधुरो बनेको हो ।
इजरायलले गरेको हवाई आक्रमणमा इरानका गुप्तचर प्रमुख मेजर जनरल मजिद खादेमीको ज्यान गएको छ । सोमबार बिहान राजधानी तेहरानमा खादेमी मारिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । त्यसै गरी इस्लाम सहरमा भएको अर्को हवाई आक्रमणमा ३४ जनाको मृत्यु भएको छ । सो घटनामा धेरै अन्य घाइते भएका छन् । फर्स समाचार एजेन्सी र नुर न्युजका अनुसार आक्रमण स्थानीय समय अनुसार बिहानै एक आवासीय भवनमा परेको थियो । यस घटनाले क्षेत्रीय बासिन्दा र परिवारमा भय र त्रास मच्चाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदसँग निर्वाचन क्षेत्र, प्रदेश र राष्ट्रिय मुद्दामाथि विमर्श गर्नुभएको छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा सोमबार भएको बैठकमा लुम्बिनी प्रदेशको विकासनिर्माण, भौतिक पूर्वाधार, सडक, यातायातसहित समग्र विषयमा तत्कालीन र दीर्घकालीन योजनाबारे सुझाव लिनुभएको हो ।
सल्यानमा ५२ जनाले हराउँदै गएको दृष्टि पुनः प्राप्त गरेका छन्। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै कालीमाटी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट उनीहरूले फेरि उज्यालो देख्ने अवसर पाएका हुन्।
हिउँदे आगन्तुक जलपन्छी उत्तरी ध्रुवतर्फ फर्के पनि कैलालीको मोहना नदीमा जलपन्छीको चहलपहलमा कमी आएको छैन । विभिन्न प्रजातिका जलपन्छीको आगमनसँगै नदीमा चहलपहल बढेको छ । नकटा, बकुल्ला, खोले हुटिट्याउँ,
मोरङको उर्लाबारी नगरपालिकाको कृषि शाखाले पहिलोपटक सञ्चालन गरेको ‘शून्य खनजोतमा मकै खेती कार्यक्रम’ सफल भएको छ।
भौतिक संरचना बनेको लामो समयदेखि अलमलमा परेको कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ । नयाँ सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट र कानुनी प्रक्रियालाई प्राथमिकता दिएर नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने खबरले सुदूरपश्चिमवासीमा उत्साह छाएको छ ।
दुई वर्षमा काम गर्ने गरी ठेक्का सम्झौता भएको घोराही–मसिना–मर्पेस–बोझपोखरा सडकखण्ड पाँच वर्षसम्म पनि स्तरोन्नति गर्ने काम पूरा हुन सकेको छैन । ठेकेदारको लापर्बाहीका कारण दुई पटक म्याद थप गर्दासमेत सडक निर्माणको काम अलपत्र छ । घोराही–मसिना–मर्पेस–बोझपोखरा हुँदै प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी जोड्ने ग्रामीण सडकका रूपमा रहेको उक्त सडक स्तरोन्नतिका लागि २०७८ वैशाखमा स्वच्छन्द वल्र्ड वाइड जेभी काठमाडौँसँग करिब १२ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
मधेश प्रदेशकै महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको बर्दिबास मेडिकल कलेज निर्माण प्रक्रिया पुनः अघि बढ्ने संकेत देखिएको छ।
नवलपुरको कावासोती–१६, डन्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालले विगत तीन आर्थिक वर्षमा दुई लाख ७१ हजार ३७४ जनाको उपचार गरेको छ । त्यसमध्ये गत आवमा २४३ वटा मुख्य शल्यक्रिया र ४३ वटा मध्यम शल्यक्रिया गरेको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख छ । चालु आवको छ महिनामा मात्र ३७३ वटा मुख्य शल्यक्रिया र ८२ वटा मध्यम शल्यक्रिया भएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रमेशप्रसाद आचार्य भन्नुहुन्छ, “यो तथ्याङ्कले देखाउँछ अस्पतालप्रति बिरामीको चाप र विश्वास दुवै बढेको छ ।” नवलपुर जिल्ला चितवन र बुटवल जस्ता ठुला सहरबिचमा अवस्थित छ । जहाँ ठुलठुला अस्पताल छन्
पोखरा महानगरपालिका खपौदीकी शान्ति जलारीको मन शनिबारदेखि निकै अशान्त छ । सदा झैँ शुक्रबारसम्म फेवातालमा माछा मार्न नसकेको सुर्ता थियो, शनिबार झिसमिसेदेखि थातथलोबाट उठिबास हुने चिन्ता थपियो । तालघरबाट ६५ मिटर मापदण्ड कायम गर्न शनिबार सो क्षेत्रमा बनेका संरचनामा महानगरपालिकाको डोजर चलेपछि फेवाताल किनारका विभिन्न ठाउँमा बस्ने जलारी समुदायको चैन हराएको छ ।
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३, चनौटेमा आइतबारदेखि औपचारिक रूपमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारको नीति अनुसार चनौटेमा आधारभूत अस्पताल सञ्चालनमा आएको हो । नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लाका दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र गोलन्जोर गाउँपालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका निमित्तकै भरमा सञ्चालन भइरहेको छ। जिल्लाका अन्य आठवटै पालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा खाँडाचक्र नगरपालिका भने नेतृत्वविहीन बनेको छ।
दोलखाको सदरमुकाम चरीकोटस्थितको च्छोरोल्पा जनल अस्पताल प्रालिले तीन वर्षे फार्मेसी विषय पढाइ सुरु गरेको छ ।
पुतलीबजार नगरपालिका वडा नं –१ मालपोत कार्यालयमा एक जना विचौलिया पक्राउ गरिएको छ ।