बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयको एसएलसी ब्याच २०६१ समूहले आफ्नो पूर्व विद्यालयमा अध्ययनरत अभिभावकबिहीन, बाढीपहिरोले घरबास गुमाएका, गरीब, बिपन्न, जेहेन्दार बिद्यार्थीलाई नगद छात्रबृत्ति प्रदान गरेको छ ।
स्वास्थ्य उपचार गराउने भनी घरबाहिर हिड्नु भएका वडाध्यक्ष २७ महिनादेखि सम्पर्कबाहिर रहनुभएको छ । पुतलीबजार नगरपालिका –४ का वडा अध्यक्ष शिवबहादुर थापा सम्पर्क बाहिर रहनुभएको हो ।
एयर न्यूजिल्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट लागु गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ ।
‘ओपेक प्लस’ का प्रमुख सदस्य राष्ट्रले सन् २०२५ मा अपनाएको तेल उत्पादन नीति समग्रमा प्रभावकारी देखिएको छ ।
स्मार्ट टेलिकम पीडितहरूले टावर व्यवस्थापन, घर भाडालगायत समस्या समाधानका लागि पहल गरी दिन आग्रह गरेका छन् । उहाँहरुले शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भेटगरी आफ्ना समस्याहरु सहजिकरणका लागि आग्रह गर्नुभयो ।
आडम रोसिङ्टन र जिमी निसमको अर्धशतकीय इनिङ्ससँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जितका लागि लुम्बिनी लायन्सलाई एकसय ५१ रनको लक्ष्य दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलमा आर्थिक वर्ष २०८२–८३ मा गुल्मीका ७० वटा उजुरी दर्ता भएका छन् । जसमा ३२ फरछ्योट भएर ३८ बाँकी रहेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ । अजमान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७।२ ओभरमा ५१ रनमा अलआउट भयो ।
लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा लहान नगरपालिकामा विगत तीन वर्षदेखि चलिरहेको निःशुल्क शिविरबाट विपन्न समुदाय लाभान्वित भएका छन् ।
नेपाल चेम्बर अफ कमर्शको ७५औँ हीरक जयन्तीका अवसरमा आज जमलदेखि वसन्तपुरसम्म पदयात्रा निकालिएको छ ।
जिल्लाको रामपुरमा क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो भम्बक युनाइटेड कपअन्तर्गत मङ्सिर १६ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
पोखरा-मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ ।
हेटौँडा उपमहानगरपालिका–१९ बाट मनहरी गाउँपालिका–३ का बस्तीपुर र भुन्द्रङलाई जोड्ने १७० मिटर लामो राप्तीखोला पुल शनिवार उदघाटन गरिएको छ ।
श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन् ।