सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । साविकमा सातामा शनिबार मात्र बिदा हुने गरेकोमा अब आइतबार थपिएको छ । कार्यालय खुलेका साताको पाँच दिन भने समय बिहान ९.०० बजे सुरु भई अपराह्न ५.०० बजेसम्म हुने छ । नेपालमा राणाकालदेखि नै शनिबार बिदा दिने चलन सुरु भएको हो । शुक्रबार भने साविकभन्दा अलि
बागमती प्रदेशसभाको १७ औँ अधिवेशन मङ्गलबारबाट सुरु हुँदै छ । हेटौँडा उपमहानगपालिका वडा नम्बर २ स्थित हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको मुख्यमन्त्री सभाहलमा अपराह्न ४ बजे बैठक बस्ने गरी अधिवेशन आव्हान गरिएको छ ।
अर्थशास्त्रमा एउटा प्रसिद्ध र व्यङ्ग्यात्मक ठट्टा छ– एक जना अर्थशास्त्री र उनका मित्र सडकमा हिँड्दै गर्दा भुइँमा हजार रुपियाँको नोट देख्छन् । मित्रले त्यो नोट टिप्न खोज्दा अर्थशास्त्रीले रोक्दै भन्छन्, “नटिप, त्यो नक्कली हो । यदि त्यो सक्कली हुन्थ्यो भने अहिलेसम्म कसैले टिपिसक्थ्यो ।’’ यो ठट्टाले आधुनिक वित्तशास्त्रको एक खम्बा मानिने ‘कुशल बजारको परिकल्पना सिद्धान्त’ (‘इफिसियन्ट मार्केट हाइपोथेसिस इएमएच’) लाई सटिक रू
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गर्नुभएको छ ।
नेपालमा विकास केवल पूर्वाधार निर्माणको सवाल अब रहेन; यो राजनीतिक वैधता स्थापित गर्ने र लोकप्रियता आर्जन गर्ने प्रमुख औजार बनेको छ । सडक विस्तार भयो भने विकास, पुल बन्यो भने समृद्धि, जलविद्युत् आयोजना थपियो भने मात्र
दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
कोशी प्रदेश सरकारले पदमार्गमा आधारित पर्यटन विकासलाई प्राथमिकता दिँदै पूर्वाधार निर्माणको कामलाई गति दिन थालेको छ ।
पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदाताहरूमा अनुरोध गरेको छ ।
तनहुँका स्थानीय तहमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) जडित एक्स–रे मेसिनको प्रयोग गरी सुरु गरिएको क्षयरोग खोजपड्ताल अभियान प्रभावकारी बन्दै गएको छ । गाउँघरमा लुकेर रहेका क्षयरोगी पहिचान गर्ने उद्देश्यले सञ्चालित शिविरका क्रममा दुई गाउँपालिकामा ८७३ जनाको परीक्षण गर्दा ४० जना नयाँ बिरामी फेला परेका छन् ।
म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा जोडिएको छ ।
गुल्मीमा पछिल्ला तीन वर्षयता बालविवाहसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छैनन्। तर यसले जिल्लामा बालविवाह शून्य भएको अर्थ नलाग्ने सरोकारवालाले बताएका छन्।
कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा तीन दिने पर्यटन महोत्सव गर्न लागिएको हो ।
देशको अर्थतन्त्र एकलव्यको अभ्यास जस्तो भएको छ । जतातिर फर्कियो, त्यतै फर्किरहने । आव २०८१/८२ को दोस्रो चौमासिक भदौदेखि मङ्सिरको आर्थिक परिसूचक हेर्दा देशले जम्मा १२ खर्ब चानचुनको आयात गर्दा निर्यात केवल एक खर्बको मात्र भएको विवरण सार्वजनिक गरियो । यस पटकको चौमासिक र त्यसमा पनि गएको माघ महिनामा निर्यात थोरै बढेको छ । राष्ट्र आमनिर्वाचनमा होमियो । खास गरी सम्पन्न निर्वाचनमा आवश्यक सामग्री जस्तै गाडीलगायत विलाशी वस्तुको पनि ठुलै रकम र परिमाणमा आयात भएकाले निर्यातको अंश ह्वात्तै बढ्न गयो । निर्वाचनमा आयात गरिएका सामग्रीलाई छोडेर बितेको चौमासिकमा पनि विगतमा जस्तै हामीले दाल, चामल, तेल र लत्ता कपडा नै ठुलो परिमाणमा आयात ग¥यौँ । गएको दुई वटा चौमासिकमा चामल मात्र आठ अर्ब बराबरको आयात भएको छ, जुन विकासका ला
राजविराज–सखडा जीर्ण सडक मर्मत तथा कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानियहरुले दुई दिनदेखि सडक अवरुद्ध पारेका छन् । मुलुककै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने राजविराज–सखडा सडक जीर्ण अवस्थामा पुगेकोले कालोपत्रे गनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।