विरुवा गाउँपालिका वडा –४ मडकिना घुम्ति –विरुवा भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ । ११ जना घाइते भएका छन् ।
सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ ।
विरुवा गाउँपालिका वडा ४ मडकिना घुम्ति –विरुवा भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेले न्यायिक सुशासन, गुणस्तरीय सेवा प्रवाह र न्याय क्षेत्रमा देखिएका विकृति–विसङ्गति सुधारका लागि बार–बेञ्च तथा सम्बन्धित निकायबिच समन्वयात्मक सुधार आवश्यक रहेको बताउनुभएको छ ।
पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले प्रधानमन्त्री वालेन्द्र शाह समक्ष ३१ बुँदे माग प्रस्तुत गर्नुभएको छ ।
बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न जिल्ला समन्वय समितिले अनुगमन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ ।
अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताउनुभएको छ ।
‘कान्तिपुर हाफ म्याराथन’ को अर्को संस्करण १४ औं संस्करण वैशाख ५ गते शनिबार आयोजना हुने भएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राईसहित तीन जना ८५ हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् ।
शारदा नगरपालिकाले व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा जथाभावी पार्किङ नियन्त्रण गर्न कडा कदम चालेको छ । अव्यवस्थित पार्किङ गर्ने सवारी साधनलाई अब देखि २ हजार ५ सय रुपियाँसम्म जरिवाना गरिने भएको छ।
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवाग्राहीलाई अस्पतालबाहिर औषधी तथा सामग्री खरिद गर्न लगाउने स्वास्थ्य संस्थामाथि कारबाही हुने चेतावनी दिएको छ।
प्रदेश सरकारले नियुक्त गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टले पद् तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।