प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई पक्राउ गरेको छ ।
सिन्धुली जिल्लामा आगामी वैशाखको पहिलो साताबाट सुरु हुने ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को तयारी तीव्र पारिएको छ ।
भारतमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा प्यूठानका चर्चित ज्योतिषी सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ‘भृगु अवार्ड’बाट सम्मानित हुनुभएको छ।
राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए र नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको आठ महिनामा १५ हजार आठसय जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म पर्यटकले निकुञ्ज प्रवेश गरेका हुन् ।
मध्यपूर्वमा जारी द्वन्द्वको प्रत्यक्ष असर झेल्दै श्रीलङ्काले घरेलु तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को मूल्य सोमबार झन्डै एक चौथाइले बढाएको छ । यसले आर्थिक रूपमा पुनःउत्थानको प्रयासमा रहेको देशमा थप दबाब सिर्जना गरेको छ । सरकारले विश्व बजारमा बढ्दो मूल्यलाई कारण देखाउँदै ग्यासको मूल्य वृद्धि गरेको हो ।
इरान का विदेशमन्त्री सेयद अब्बास अराघचीले जारी क्षेत्रीय द्वन्द्वका विषयमा रुस र भारत का विदेशमन्त्रीसँग टेलिफोनमार्फत छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ ।
इरान र संयुक्त राज्य अमेरिकाबिच तीव्र बन्दै गएको युद्धका बिच ४५ दिनको युद्धविराम र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अघि सारिएको छ, जसले जारी द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने सम्भावना देखाएको छ ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको जनाएको छ ।
लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल पुगेको छ, जुन पछिल्लो एक दशकयताकै उच्च स्तर भएको जनाएको छ । राष्ट्रिय तेल निगमका प्रमुख मसूद सुलेमानका अनुसार उत्पादनमा आएको यो वृद्धि देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबै रोजगारदातालाई आग्रह गरेको छ ।