वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार गरी एक जनाको हत्या गरेको घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीव्र प्रतिक्रिया जनाउँदै आफूले भनेका ‘तेस्रो विश्वका देशहरू’ बाट हुने आप्रवासन पूर्ण रूपमा रोक्ने घोषणा गर्नुभएको छ ।
श्रीलङ्कामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।
धरान उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान धरान –८ तिनकुनेस्थित कोशी राजमार्गमा धरानबाट ईटहरीतर्फ जाँदैगरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले प्र.१–०२–००१ ख ८७५७ नम्बरको रोडको साईडमा रोकी राखेको ट्रकमा पछाडीबाट ठक्कर दिई दुर्घटना भएको हो ।
मुस्ताङमा हिमालको रानीको नामले चिनिने ‘हिउँ चितुवाको सङ्ख्या र अवस्था बारेमा सर्वेक्षण सुरू गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा १५ वटा क्यामेरा जडान गरी बासस्थान, आहारा तथा संख्याको खोजी सुरू गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ ।
मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दैछन् ।
सुन्तलाका लागि प्रख्यात जिल्ला भनेर चिनिएको गोरखामा सुन्तला पाक्ने मौसम सुरु भएसँगै खरीद बिक्रीमा सक्रियता बढेको छ ।
सुनसरीको इनरुवामा कोशी प्रदेशमा नै पहिलो दाबी गरिएको रामजानकी रथ यात्रा तथा विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको बिदाइ गरिएको छ ।
जिल्लाका अधिकांश स्थानीय गाउँमा रहेका खहरे खोला तर्न अझै खाठेपुलकै भर पर्ने गरेका छन् । बर्खाको समय थोरै पानी पर्ने बित्तीकै ती खोला उर्लेर आउँने गरेकाले उनीहरु काठेपुलको भर पर्ने गरेका हुन् ।
जिल्लाको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
हेलम्बु गाउँपालिकामा ७६ जना मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया गरिएको छ । हेलम्बु गाउँपालिकाद्वारा आयोजित नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरमा उक्त सङ्ख्याका मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया गरिएको उक्त गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
केही दिनदेखि बाँकेका विभिन्न स्थानमा सुरक्षा चेकजाँच कडा पार्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट पेस्तोल र गोली बरामद गरेको छ ।
गोरखाको महत्वपूर्ण ग्रामीण पूर्वाधार मानिने अबुवाँ–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे कामको म्याद सकिनै लाग्दा जम्मा ३० प्रतिशत काम भएको छ । तीन वर्षअघि सम्झौता भए पनि ठेकेदारले निर्धारित समयमा काम अघि नबढाउँदा सडक कालोपत्रेको काम ३० प्रतिशत मात्र भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आगामी ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधि छनोट प्रक्रियाले देशभरि तीव्रता पाएको छ ।