मध्यपूर्वी देशहरूमा भएको द्वन्द्वका कारण जिल्लामा सञ्चालित विकास निर्माणको काम प्रभावित बनेको छ । द्वन्द्वका कारण नागरिकको सामान्य जनजीविकादेखि जिल्लामा सञ्चालित ठुला विकास निर्माणको काम प्रभावित बनेको हो ।
नाइजेरियाको सैनिक बलले कादुना राज्यको उत्तरपश्चिमी क्षेत्रमा ईस्टर पर्वको अवसरमा अपहरण गरिएका ३१ जनालाई उद्धार गरेको घोषणा गरेको छ । तर, यस घटनामा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।
मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथो पटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुने भएको छ ।
प्रतिनिधिसभा बैठक जारी रहेको छ । संसद् भवन सिंहदरबारमा जारी बैठकमा सांसदहरूले धारणा राख्नेक्रम जारी छ । आजको बैठकमा विभिन्न विधेयक पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
नासाको आर्टेमिस अभियान अन्तर्गत अन्तरिक्ष यात्रीको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गसट’ मार्गमा प्रवेश गर्दै एक महत्त्वपूर्ण चरणमा पुगेको छ, जसले भविष्यका चन्द्र अवतरण मिसनका लागि नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाउन लागिएको छ । यसअघि नै काम थालिए पनि सरकारबाट सहयोग नपाएको भन्दै रोकिएको थियो ।
रामपुर नगरपालिका-३, गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
इजरायली फायर फाइटरले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा मिसाइल प्रहारपछि दुई हराइरहेका व्यक्तिको खोजी गरिरहेका छन् । यस आक्रमणमा अन्य दुईको मृत्यु भएको छ । सात तलाको भवनमा मिसाइलको सिधा प्रहारले भवनको केही भाग भत्काएको छ ।
काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ ।
ताप्लेजुङमा सरकारी कार्यालयहरू बिहान ९ बजे खुले पनि सेवा प्राप्त गर्ने सेवाग्राही आएका छैनन् ।
गृहमन्त्री सुधन गुरुङले कास्कीको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएकाले कानुनी उपचारमा जाने स्पष्ट पार्नुभएको छ ।
नयाँ शैक्षिक सत्र २०८३–८४ सुरु हुनुअगावै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएका छन् । जिल्लामा बाल शिक्षादेखि कक्षा १० सम्मका आवश्यक पुस्तकहरू भित्रिएका हुन्।
तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक) र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् । यो निर्णय ओपेकद्वारा जारी गरिएको आधिकारिक वक्तव्यमा उल्लेख छ ।
धनुषाको मिथिला नगरपालिकाले निरक्षरको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । साक्षर नगरपालिका घोषणा गर्ने उद्देश्यले निरक्षरको तथ्याङ्क सङ्कलन सुरु गरिएको बताइएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था अनुसार तयार गरिने बताउनुभएको छ।