जिल्लाको माधवनारायण नगरपालिका-६, माधोपुरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका स्थानीय खुसी भएका छन् ।
सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत भएको हो
प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ ।
नेपालका सन्तोष राईले अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप-२०२६ मा कातातर्फ कांस्य पदक जित्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोवास गरेको मुलुकका लगानीकर्तालाई मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटघाट गरेको छ ।
नेपालका बुद्धिचाल खेलाडीले चीन र काजकिस्तानमा फरक बुद्धिचाल प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
दक्षिण कोरियाले यस वर्षको सुरुमा उत्तर कोरियातर्फ पठाइएका ड्रोन सम्बन्धी विवादमा पहिलो पटक स्पष्ट स्वीकारोक्ति गर्दै प्योङयाङप्रति खेद व्यक्त गरेको छ । राष्ट्रपति ली जे म्युङले सोमबार उक्त घटनालाई ‘गैरजिम्मेवारपूर्ण’ र ‘लापरवाह’ कदमका रूपमा वर्णन गर्दै यसले अनावश्यक सैन्य तनाव बढाएको बताउनुभयो ।
सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर फुटबल क्याम्प आयोजना गर्ने भएको छ ।
राष्ट्रियसभाका सदस्य रामकुमारी झाँक्रीले सिंहदबार, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण संरचना जलाउँदा पनि केही हुँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लू रोग देखिएको छ ।
नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नालामा थप पुल निर्माण सुरु भएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका र क्षेत्रीय शक्तिबिचको तनाव खतरनाक मोडमा पुगेको छ । पछिल्ला घटनाक्रमले युद्ध अझ फैलिने सङ्केत देखाएका छन् भने मानव क्षति, ऊर्जा सङ्कट र कूटनीतिक टकराव एकै साथ बढिरहेका छन् ।