चिसो छल्न बेँसी झरेका बाजुराका भेडीगोठ गर्मी बढेसँगै पुनः लेक फर्किन थालेका छन्। बाजुराको उच्च हिमाली क्षेत्रमा कात्तिकको पहिलो सातादेखि नै अत्यधिक चिसो सुरु हुन्छ। त्यसैले यहाँका भेडीगोठ चिसो छल्न हरेक वर्ष औल (बेँसी) झर्ने गर्छन्। चैतको पहिलो सातादेखि बेँ
मालपोत कार्यालय पाँचथरले सेवाप्रवाहलाई प्रभावकारी, छिटो र पारदर्शी बनाउने भन्दै कार्यालय भित्र अनाधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरेको छ ।
वसन्तयाम सुरु भएसँगै धवलागिरी र अन्नपूर्ण हिमाल आरोहण सुरु भएको छ । आरोहणको सिजन सुरु भएसँगै विदेशी तथा नेपाली आरोहीहरुको चहलपहल बढ्न थालेको छ ।
दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनुभएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदल्नुभएको छ । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ वसेको घरबाट उहाँले घरबास सुरु गर्नुभएको हो ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।
लहान नगरपालिका वडा नम्बर १० का दलित विपन्न वस्तीमा सञ्चालन गरिएको दुई दिने वृहत्त स्वास्थ्य शिविरबाट स्थानीय दलित समुदाय लाभान्वित भएका छन्।
सरकारको निर्णयअनुसार सोमबारदेखि लागू हुने गरी बाँके जिल्लाका अधिकांश सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुन थालेको पाइएको छ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्त्वको लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गरेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी गरिरहेको बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मङ्गलबार विराटनगरका उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरी सुझाव संकलन गर्ने हुनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट घुसको रकमसहित नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियरलाई पक्राउ गरेको छ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. अर्जुन कार्कीले कूटनीतिक तथा अन्तर्राष्ट्रिय अनुभवलाई उपयोग गर्दै सङ्खुवासभाको समग्र विकासमा गति दिने बताउनुभएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका उहाँ सङ्खुवासभाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
सम्झौता भएको चार वर्षपछि कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका–५ को दोजाम कर्णाली नदीमा निर्माण भइरहेको स्टिल ट्रष्ट मोटरेवल पुलको काम अन्तिम चरणमा पुगेको छ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वसाधारणका लागि प्रदान गर्दै आएको स्वास्थ्य सेवाको क्षेत्रलाई थप पारदर्शी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने योजना अगाडि सारेको छ । प्रतिष्ठानले १३ बुँदे सुधार योजना अगाडि सार्दै प्रभावकारी कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
सप्तरीका प्रतिनिधि सभा सदस्य डा. अङ्किता ठाकुरले पारदर्शी शासनप्रणाली निर्माण, महिला र युवाको सशक्तीकरण, स्वास्थ्य र शिक्षा क्षेत्रमा पहुँच विस्तार मुख्य एजेन्डा रहेको बताउनुभएको छ । सप्तरीको राजविराज नगरपालिका–५ निवासी डा. ठाकुर फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।
जिम्मेवार निकायको बेवास्ताले सार्वजनिक सेवा तथा विकासको योजना कतिसम्म लथालिङ्ग हुन्छ भन्ने उदाहरण हो मध्यपहाडी राजमार्गमा अलपत्र रहेको भेरी नदीको पुल । रुकुमपश्चिम र जाजरकोट जोड्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए २०७२ सालमै तयार हुने थियो । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०६९ सालमा वाइपी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको यो पुल अझैसम्म निर्माण भएको छैन ।