राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो ।
कर्मचारी व्यवस्थापन नहुँदा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा स्थापना गर्ने भनिएको इलाका प्रशासन कार्यालय सञ्चालनको विषय अन्योल रहेको छ ।
ताप्लेजुङमा आधा दर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालित छ । सङ्घ तथा प्रदेश मातहतका कार्यालयहरू निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालनमा रहेका छन् ।
प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अकबरे खुर्सानीको खेती गर्न किसानलाई सहयोग गर्ने भएको छ । अकबरे खुर्सानीको प्रवर्धन गर्ने योजनाअन्तर्गत गाउँपालिकाले स्थानीय किसानलाई सहयोग गर्ने भएको हो ।
काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ ।
वडा नं. ११ ले सोमबार सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी र्यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेको छ ।
प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा प्रहरी चौकीको सुविधासम्पन्न नयाँ भवन निर्माण भएको छ ।
लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ ।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डोटी निवासी डा. भट्टलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
जापानको कराते ड्रेस उत्पादन कम्पनी सुराई दोले ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराते खेल सामग्री प्रायोजन गरेको छ ।
शवलाई बुर्तिबाङ अस्पताल पठाउने तयारी गर्दै प्रहरी ।
सरकारले इन्धन करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ ।