शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रामकृष्ण बोहरा
बागलुङ, चैत २४ गते । शवलाई बुर्तिबाङ अस्पताल पठाउने तयारी गर्दै प्रहरी ।
निसी खोला दोस्रो लघुजलविद्युत् विद्युत् गृह नहरमा मृत भेटिएकी महिला ५७ वर्षीय रेशमकुमारी शाही भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी सहायक निरीक्षक तेजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
क्षेत्रीका अनुसार निसी खोला–४, जार्पा निवासी ५७ वर्षिय शाही बोहोरागाउँमा काम सकेर घर फर्कने क्रममा लडेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
मङ्गलबार बिहानसम्म पनि शाही घर नफर्किएपछि परिवार र आफन्तले खोजी गर्दा विद्युत् गृहको नहरमा मृत अवस्थामा शाही मृत फेला पर्नुभएको हो ।
उहाँको सनाखत गरी पोस्टमार्टमको लागि शव बुर्तिबाङ प्रादेशिक अस्पतालमा लगिएको छ ।