बाँकेको डुडुवा गाउँपालिकाले वडा १ र २ अन्तर्गत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार राति र बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ।
पोखरा उपमहानगरलाई महानगर बनाउँदा यसमा गाभिएका दश गाविसमध्ये हेमजा पनि एक हो । गाविसबाट महानगर बनेपछि हेमजाको पृथक पहिचान गुमाएको यो क्षेत्रको अर्काे मौलिक पहिचान पनि हराउँदै जाने जोखिम बढेको छ ।
कपिलवस्तु प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा एक गाउँपालिका उपाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष 'लाला' भन्ने होमप्रकाश चौधरी रहनुभएको छ ।
साहसिक खेल प्याराग्लाइडिङ्ग उडानका लागि पूर्वी नेपालकै उत्कृष्ट र भाइरल स्थलको रुपमा परिचित उदयपुरको वेलका नगरपालिका वडा ८ बोप्ताङमा ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ्ग प्रतियोगिता २०८२ सञ्चालन हुने निश्चित भएको छ ।
पूर्व–पश्चिम राजमार्गको मध्य भागमा पर्ने मध्यविन्दुमा स्तम्भ निर्माण कार्यलाई अगाडि बढाउन नापजाँच तथा नक्साङ्कनको कार्य सुरु गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रालेक भ्रमणमा आएका पर्यटक हिउँमा रमाउदै । समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाईमा रहेको खोप्रालेक म्याग्दीको नयाँ पर्यटकीयस्थलको रुपमा विकास भएको छ ।
गुल्मीको तम्घास धागीथुमस्थित नेपाली सेनाको श्री रामवाण गुल्मले आफ्नो २३ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा वर्षकै उत्कृष्ट जवान र विभिन्न खेलकुद विधाका विजेताहरूलाई पुरस्कृत गरिएको छ ।
अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ ।
बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका स्वस्थ सहर बन्ने भएको छ ।
गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।
नेपालगन्जस्थित सन्जीवनी अस्पतालमा मंगलवारबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
तनहुँको भानु नगरपालिका–६, पण्डिथोकमा एक महिला र उहाँका नाबालक छोरा मृत अवस्थामा फेला परेका छन् ।
इरानको रिभोलुसनरी गाड्र्सले होर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने महत्वपूर्ण समुद्री मार्ग इरानका ‘शत्रु’ सँग सम्बन्धित बन्दरगाहतर्फ जाने र त्यहाँबाट आउने जहाजका लागि बन्द गरिएको घोषणा गरेको छ ।
सर्केगार्ड गाउँपालिका–६ को छ्यागी खोला लघुजलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।