नेपाल कम्युनिस्ट पार्टी (एमाले) कार्यवाहक अध्यक्ष रामबहादुर थापा (बादल), उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु गरेका समूहका नेतासँग छलफल गर्नुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलको नेता चयन वैशाख पहिलो साता मात्रै हुने भएको छ । प्रतिनिधि सभाको दोस्रो ठुलो दल कांग्रेसले फागुन २१ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनको देशव्यापी समीक्षा कार्यक्रम गरिरहेकाले संसदीय दलको नेता चयनमा ढिलाइ भएको हो ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्स, स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य श्रमिकका लागि न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा अनिवार्य बनाउने निर्णय गरेको छ । श्रम तथा रोजगारमन्त्री दीपककुमार साहले मन्त्रालयले नर्स, स्वास्थ्यकर्मी, शिक्षक तथा श्रमिकहरूका लागि न्यूनतम पारिश्रमिक अनिवार्य उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले पारिश्रमिकको विषयमा मन्त्रालयले परिपत्र जारी गरेको जानकारी दिँदै श्रम ऐन,
सरकारले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनाका लागि काठमाडौँ, ललितपुर र मकवानपुरका विभिन्न वनक्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ । त्यसै गरी सरकारले सो वनक्षेत्रमा रहेको १८ हजार ८९८ वटा रुख काट्नसमेत अनुमति दिने निर्णय गरेको हो ।
शान्तिसुरक्षा र अपराध नियन्त्रण प्रभावकारी बनाउन गृह मन्त्रालयले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्ने भएको छ । मन्त्रालयले पहिलो चरणमा ७७ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी तथा सशस्त्र प्रहरी कार्यालयसँग सिधा सम्पर्क र समन्वय एवं सूचना आदानप्रदान गर्ने उद्देश्यले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्न लागेको जनाएको छ ।
प्रतिनिधि सभा रिक्त रहेको अवस्थामा सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले पारित गरेका तीन विधेयक तल्लो सदनको विधायिकी प्रक्रियामा प्रवेश गरेका छन् । राष्ट्रिय सभाले गत माघमा पारित गरेका तीन विधेयक नवनिर्वाचित प्रतिनिधि सभाको प्रक्रियामा प्रवेश गराइएका हुन् । तीन वटा विधेयक पारितको सन्देश प्रतिनिधि सभामा मङ्गलबार टेबुल गरिएको हो । प्रतिनिधि सभाका सचिव हर्कराज राईले विधेयक पारितको सन्देश टेबुल गर्नुभएको हो ।
अन्तिम समयसीमा सकिएसँगै अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेका छन् । अमेरिकी टेलिभिजन संस्था सिएनएन, अमेरिकी समाचार संस्था एपी, अलजजिरालगायतले इरानको खर्ग टापु, पुल, रेल सञ्जाल, ऊर्जा पूर्वाधारलगायतमा आक्रमण भइरहेको जनाएका छन् । इजरायलले तेहरानसहित विभिन्न क्षेत्रमा इरानी ‘सैन्य पूर्वाधार’ लक्षित गर्दै नयाँ हवाई आक्रमणको लहर सुरु गरेको जनाएको छ । इरानी सञ्चार माध्यमका अनुसार तेहरान र नजिकको कराज क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् ।
विश्व खेलकुद दिवसको अवसरमा गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाँकेको डुडुवा –६ मा रहेको जयन्दु बाल सुधारगृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिने पाठ्यपुस्तक जिल्लामा पुगेको छ ।
इरानका अधिकारीहरूले मङ्गलबार अमेरिका–इजरायलद्वारा गरिएका हवाई आक्रमणका क्रममा देशका महत्वपूर्ण पूर्वाधारहरूमा क्षति पुगेको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको बताउनुभएको छ।
गृहमन्त्री सुधन गुरुङले पुन निर्माण भैरहेको विपी राजमार्गको निरीक्षण गर्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समन्वय, सहकार्य र सह–अस्तित्व नै गणतन्त्रको मूल मर्म भएको बताउनुभएको छ ।