प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन साढे चार हजार भक्तजनले दर्शन गरेका छन् । शनिबार एकै दिन चार हजार ७३६ जनाले पाथीभराको दर्शन गरेका हुन् ।
रौतहटको गौर–गंगापिपरा–फुलबरिया सडक कालोपत्रे निर्माण कार्य सम्पन्न नहुँदै भत्किन थालेको छ। जिल्लाको महत्त्वपूर्ण योजनाका रूपमा रहेको गौर नगरपालिका–८ स्थित हनुमान मन्दिरदेखि माधवनारायण नगरपालिका–७ कुशवाहा चोकसम्मको १२ किलोमिटर सडकखण्डमध्ये कालोपत्रे गरिएको अधिकांश भागमा भत्किने, भासिने, उप्किने तथा ठाउँ–ठाउँमा चिरा पर्ने समस्या देखिएको छ।
१. विसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुखमा पदमा कसलाई चयन गरियो ? डोलप्रसाद (डिपी) अर्याल – अन्य दलबाट कुनै उम्मेदवारी नपरेपछि उहाँ उक्त पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । – १० औँ सभामुखको रूपमा निर्वाचित अर्याललाई राष्ट्रपति रा
संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता नष्ट हुने’ चेतावनी सहित दिएको समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो।
कार्बन फुटप्रिन्ट घटाउने उपाय १. कार्बन फुटप्रिन्ट भनेको के हो ? यसको मापन किन महत्वपूर्ण मानिन्छ ? कार्बन फुटप्रिन्ट घटाउने उपाय उल्लेख गर्नुहोस् । कुनै व्यक्ति वा संस्थाका क्रियाकलापबाट उत्सर्जन हुने हरितगृह ग्यास (कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड आदि) को कुल परिमाणलाई कार्बन फुटप्रिन्ट भनिन्छ । कुनै व्यक्तिको कार्बन फुटप्रिन्टले व्यक्तिका दैनन्दिन क्रियाक
‘एक पटकको सैनिक, सधैँको सैनिक’ भन्ने साङ्गठनिक आदर्शलाई आत्मसात् गर्दै नेपाली सेनाले आज (बुधबार) तनहुँमा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ आयोजना गर्दैछ ।
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाका महिलालाई ‘परम्परागत पन्चैबाजा’ को सिपसँगै पन्चैबाजाका सामग्री हस्तान्तरण गरिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रद्वारा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिलाई एकमहिने पन्चैबाजा तालिम प्रदान गरिएको हो ।
वरिष्ठ कलाकार हरिबहादुर खड्काको ८१ वर्षको उमेरमा निधन भएको छ । उहाँ पक्षाघातको बिरामी हुनुहुन्थ्यो । उहाँका माइला छोरा अर्जुन खड्काका अनुसार एक महिनाअघि लडेर खुट्टा भाँचिएको र खुट्टा नचलेको र फोक्सोमा गएर रगत जमेका कारण उहाँको मृत्यु भएको हो ।
लेखक तथा प्राज्ञ अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ लाई नाट्य रूपान्तरण गरिएको छ । मदन पुरस्कार विजेता प्रसिद्ध पुस्तकमा आधारित नाटक कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको हो ।
गायिका लक्ष्मी हमालको आवाजमा ‘लडेर उठन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । निर्माण योन्जनको सङ्गीत तथा रचना रहेको गीतले समाजको भावनात्मक कुरालाई उजागर गर्न खोजेको छ । गीतले अरूको राम्रो उन्नति र प्रगति हुँदा सबैले वाहवाही गर्ने तर नराम्रो हुँदा आफ्नैले पनि नराम्रो व्यवहार गर्ने कुरालाई दर्साउने गायिका हमालले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकले आज (बुधबारका) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ५२ पैसा र बिक्रीदर १४९ रुपियाँ १२ पैसा तोकिएको छ ।
मुलुकभित्र सूचना प्रविधि (आइटी) सँग सम्बन्धित गतिविधिको प्रवर्धनका लागि नियामकीय प्रबन्ध क्रमशः खुकुलो बनाउन थालिएको छ । सरकारले बजेटमार्फत र नियामक नेपाल राष्ट्र बैङ्कले पुराना व्यवस्थामा संशोधन गर्दै यस्ता कम्पनीलाई सुविधा सुनिश्चित गरेको हो ।
सङ्घीय संसदका दुवै सदनको बैठक बुधबार बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ ।
नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताको डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य गरेको छ । यसअघि खरिद गरेको प्याकेज समाप्त भए पनि त्यसको जानकारी नहुँदा प्रयोगकर्ताले मुख्य ब्यालेन्स काटिने समस्या थियो । थाहै नभई ब्यालेन्स काटिने यस्तो व्यवस्थाप्रति सेवाग्राहीको गुनासो रहँदै आएको थियो ।
गृह मन्त्रालयको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला सबैभन्दा उत्कृष्ट भएको छ । त्यसै गरी कार्यसम्पादन मूल्याङ्कनमा मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ जिल्ला सबैभन्दा कमजोर देखिएको हो ।