सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो हिमालका रूपमा रहेको अपि हिमाल विदेशी पर्यटकको आकर्षण र गन्तव्यका रूपमा परिचित हुन थालेको छ । अपि हिमाल बेस क्याम्प घुम्न आउने र अपि नाम्पा संरक्षण क्षेत्रभित्रको प्राकृतिक आनन्द लिन आउने विदेशी पर्यटकको तथ्याङ्क हेर्दा यहाँका अपि हिमाल गाउँपालिका–१ मा पर्ने अपि हिमाल विश्वमा परिचित हुन थालेको
नेपालमा प्लाष्टिक रिसाइक्लिङ (पुनःप्रशोधन) उद्योगको राम्रो सम्भावना रहे पनि कच्चा पदार्थका रूपमा प्रयोग हुने ‘प्लाष्टिक र्स्क्याप’ आयातमा रहेको नीतिगत झन्झट बाधक देखिएको उद्योगीहरुले बताएका छन् ।
कञ्चनपुरस्थित सरकारी कार्यालय बिचौलियालाई निषेध गरिएपछि सेवा प्रवाहमा सहजता भएको छ ।जिल्लास्थित सरकारी कार्यालयले सूचना जारी गर्दै बिचौलियालाई निषेध गरेपछि सेवाले विगतको तुलनामा सेवा प्रवाह छिटोछरितो बन्दै गएको बताएका छन् ।
बैतडीमा बाल विवाह अन्त्यका लागि धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालयमा दलित समाज विकास मञ्चको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
विभिन्न आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय सल्यानका कर्मचारी सुब्बा निरज परियारलाई अदालतले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–४, मल्लागाउँमा तीन वर्षदेखि निर्माणाधीन ग्वाङ्खोला–मल्लगाउँ लिफ्ट खानेपानी योजना कहिले पूरा भन्नेमा उपभोक्ता अन्योलमा छन् । बर्सेनि आउने न्यून बजेटले दुई करोड रुपियाँभन्दा माथिको निर्माण लागत रहेको यो बहुबर्से खानेपानी योजना कहिले बन्छ भन्नेमा उपभोक्ता ढुक्क हुन सकेका छैनन् ।
नवलपुरको कावासोती नगरपालिकामा जग्गा नापीको काम पुनः सुरु गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने उद्देश्यसहित वडा नं. ८ बाट पुनः नापजाँचको काम सुरु गरिएको हो ।
कोशी प्रदेश सरकारले पदमार्गमा आधारित पर्यटन विकासलाई प्राथमिकता दिँदै पूर्वाधार निर्माणको कामलाई गति दिन थालेको छ । ‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी)’ मार्फत रणनीतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले जोड दिएको हो । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेशका आठ जिल्लाका २९ स्थानीय तहमा यो परियोजना सञ्चालन भइरहेको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत मोरङको पथरी बजार क्षेत्रमा छ लेनको सडक कायम गर्न सडकभित्र परेका घरटहरा घरधनी आफैँले हटाउन सुरु गरेका छन् । सडकको ५० मिटर क्षेत्रभित्र बजारका ८१ वटा घरटहरा पर्छन् । अधिकांश घरटहराको अधिकतम छ फिटसम्म सडक क्षेत्रमा परेको छ ।
उदयपुरको प्राकृतिक, धार्मिक र सांस्कृतिक धरोहरका रूपमा रहेको रौतापोखरी क्षेत्रमा ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ हुने भएको छ । ‘कला, संस्कार र संस्कृतिको उत्थान तथा पर्यटन प्रवर्धन’ भन्ने आदर्श वाक्यसहित रौता क्षेत्रको सांस्कृतिक र धार्मिक महत्वलाई राष्ट्रव्यापी बनाउने उद्देश्यले पहिलोपल्ट महोत्सवको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
नेपाल सरकारले सातै प्रदेशमा बौद्धिक अपाङ्गता र अटिजम भएका बालबालिकाका लागि एक–एक नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेसँगै लुम्बिनी प्रदेशका लागि पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी माध्यमिक विद्यालयलाई प्रदेश स्तरीय नमुना विद्यालय बनाउने पहल सुरु भएको छ।
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले आवश्यकताका आधारमा योजनालाई प्राथमिकता दिन सुझाव दिनुभएको छ । रुकुमपश्चिम, जाजरकोटमा प्रदेश सरकार र अन्य निकायद्वारा सञ्चालित विभिन्न योजनाको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री बुढाले बस्तीस्तरबाटै माग भई आएका योजना छनोट गर्न सुझाव दिनुभयो ।
वर्षौंदेखि खानेपानीको चरम अभाव भोगिरहेको पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चा गाउँमा खानेपानी ल्याउने तयारीपछि बसाइँसराइको क्रम रोकिनेमा स्थानीय आशावादी बनेका छन् ।
चुरे तथा वनजङ्गल क्षेत्रमा पछिल्लो समय बढ्दो अतिक्रमण हटाउन माग गरिएको छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालले चुरे वनजङ्गल क्षेत्रभित्र रहेका पुरानो र नयाँ अतिक्रमण हटाउनुपर्ने तथा अवैध क्रसर उद्योग बन्द गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । अभियानले बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमार्फत पठाइएको ध्यानाकर्षणपत्रमा वन तथा वातावरण मन्त्रालयमातहत रहेका राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति र चुरे उत्थानशील आयोजनाले हालसम्म गरेका कार्यको छानबिन गर्नुपर्ने माग गरिएको छ ।
जिल्लाका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल रु चार हजारमा गहुँ बेचेका किसान यस वर्ष करिब रु दुई सय कम मूल्यमा बिक्री गर्न बाध्य छन् ।