माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
गोरखाको बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना ५ ख ९२७१ नम्बरको ट्रकले ठक्कर दिँदा उदयपुरको बेलका नगरपालिका –४ लालबजार घर भई सडकको काम गर्न आएका ४० बर्षिय दिपककुमार राई घाइते हुनु भएको थियो ।
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताउनुभएको छ। उहाँले यस अवस्थाबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताउनुभएको हो।
बागलुङ नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई लाखौं रुपियाँका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय सभा सदस्यको चुनाव गराउन गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यलय आजदेखि सञ्चालनमा ल्याइएको हो ।
१७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा भारत च्याम्पियन बनेको छ । कुल ३७ पदकसहित भारतले २२ स्वर्ण १० रजत र ५ कास्य पदकसहित गत बर्षको च्याम्पियन नेपाललाई पछाडि पारेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ । गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो ।
यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो ।
मेलम्ची खोला अहिले शान्त देखिन्छ । तर किनारमा बगर बनेका खेत, जोखिममा उभिएका घर र अस्थायी टहरामा बसेका मानिस देख्दा त्यहाँ पुग्ने जो कसैको मन फेरि एकपटक अशान्त बन्छ ।
गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो ।
बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्यो ।
वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु तामाङ सम्मानित हुनुभएको छ । उहाँसँगै पाँच जना आदिवासी अधिकारकर्मीलाई ह्योल्मो समुदायले अभिनन्दन गरेको छ ।
जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ ।
साहित्यकार घनश्याम कँडेललाई यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित र सञ्चालित यो पुरस्कारको राशी एक लाख रुपियाँ र सम्मानपत्र छ ।
लहान नगरपालिका वडा १५ उत्तरी भेगका चुरेसँग जोडिएको भूभाग प्राकृतिक दृश्यले भरिपूर्ण छ ।