स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिनुभएको छ ।
संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा सहमति जनाएपछि दुवै पक्षले आफूलाई विजयकर्ता घोषणा गरेका छन् । यस घटनापछि विश्वभरबाट आएका प्रतिक्रियाले मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्ने चुनौतीको गम्भीरतालाई उजागर गरेका छन् ।
अन्तिम क्षणमा टरेको ठुलो युद्धपछि अमेरिका र इरानबिच भएको दुई हप्ताको अस्थायी युद्धविरामलाई इजरायलले समर्थन जनाएको छ, तर लेबनान यस सहमतिबाट बाहिर रहेको स्पष्ट पार्दै क्षेत्रीय तनाव अझै कायमै रहने सङ्केत दिएको छ ।
तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुर र व्यास नगरपालिकाको केशवटार क्षेत्रलाई एकीकृत गरी ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ को विकास प्रक्रिया अघि बढाइएको छ ।
अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबिच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका लागि तनाव घटाएको भए पनि क्षेत्रीय अवस्था अझै अस्थिर देखिएको छ ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै तनहुँमा अनलाइनमार्फत दर्ता गराउनेको सङ्ख्या उत्साहजनक देखिएको छ ।
सदरमुकाम हेटौँडासम्म आएर राष्ट्रिय परिचयपत्र बनाउन नसक्दा समस्या बेहोर्दै आएकालाई लक्षित गरी मकवानपुरमा गाउँमा नै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैँकका उच्चस्तरीय प्रतिनिधिबिच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
डिभिजन वन कार्यालय धनकुटाले अग्नि नियन्त्रणका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ ।
धरान उपमहानगरपालिकामा ‘कोशीमा विहार उत्सव–२०८२’ चैत २६ गतेदेखि सुरु हुने भएको छ ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले पर्यटकीय क्षेत्रको बिकासमा काम गर्ने बताउनुभएको छ । बुधबारदेखि धनकुटाको भेडेटारमा पर्यटन कार्यालय धरानको सहकार्य र नेपाल पत्रकार महासंघ कोशी प्रदेश बिराटनगरको आयोजनामा पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो।
प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित बहुउद्देश्यीय भवन सिंहदरबारमा सुरु भएको छ । सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा यो बैठक सुरु भएको हो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा सयौं वर्ष पुरानो मौलिक संस्कृति अझै जीवित छ । चिमखोलाका स्थानीयवासीहरुले पुरानो परम्परा अनुसार भूमे पूजा धुमधामका साथ मनाएका छन् ।
चट्टानसहितको सुख्खा पहिरो खसेपछि बेनिघाट–आरुघाट–लार्के सडक मङ्गलबार बेलुकादेखि पूर्णरूपमा अवरुद्ध बनेको छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको सुरक्षा र सेवामा आफ्नो ऊर्जाशील समय खर्चिएका भूतपूर्व सैनिकहरूको अनुभव र योगदान सङ्गठनका लागि सधैँ अमूल्य रहने बताउनुभएको छ ।