शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इनरुवा (सुनसरी), चैत २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहताले यहाँस्थित जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिनुभएको छ ।
त्यस अवसरमा उहाँले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो । साथै मन्त्री मेहताले सेवा भावनाका साथ बिरामीको उपचार गर्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले सेवाग्राहीसँग पनि कुराकानी गर्नुभएको थियो ।
आजै मन्त्री मेहताले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । रासस