अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबिच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका लागि तनाव घटाएको भए पनि क्षेत्रीय अवस्था अझै अस्थिर देखिएको छ ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै तनहुँमा अनलाइनमार्फत दर्ता गराउनेको सङ्ख्या उत्साहजनक देखिएको छ ।
सदरमुकाम हेटौँडासम्म आएर राष्ट्रिय परिचयपत्र बनाउन नसक्दा समस्या बेहोर्दै आएकालाई लक्षित गरी मकवानपुरमा गाउँमा नै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैँकका उच्चस्तरीय प्रतिनिधिबिच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
डिभिजन वन कार्यालय धनकुटाले अग्नि नियन्त्रणका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ ।
धरान उपमहानगरपालिकामा ‘कोशीमा विहार उत्सव–२०८२’ चैत २६ गतेदेखि सुरु हुने भएको छ ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले पर्यटकीय क्षेत्रको बिकासमा काम गर्ने बताउनुभएको छ । बुधबारदेखि धनकुटाको भेडेटारमा पर्यटन कार्यालय धरानको सहकार्य र नेपाल पत्रकार महासंघ कोशी प्रदेश बिराटनगरको आयोजनामा पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो।
प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित बहुउद्देश्यीय भवन सिंहदरबारमा सुरु भएको छ । सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा यो बैठक सुरु भएको हो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा सयौं वर्ष पुरानो मौलिक संस्कृति अझै जीवित छ । चिमखोलाका स्थानीयवासीहरुले पुरानो परम्परा अनुसार भूमे पूजा धुमधामका साथ मनाएका छन् ।
चट्टानसहितको सुख्खा पहिरो खसेपछि बेनिघाट–आरुघाट–लार्के सडक मङ्गलबार बेलुकादेखि पूर्णरूपमा अवरुद्ध बनेको छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको सुरक्षा र सेवामा आफ्नो ऊर्जाशील समय खर्चिएका भूतपूर्व सैनिकहरूको अनुभव र योगदान सङ्गठनका लागि सधैँ अमूल्य रहने बताउनुभएको छ ।
कोशी प्रदेशमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पर्यटन पत्रकारिता तालिम धनकुटाको साँगुरीगढी गाउँपालिका-स्थित नाम्जे थुम्कीमा बुधबार उद्घाटन गरिएको छ।
२०८३ को पुससम्म कपुरकोट गाउँपालिकाका वडाहरू तथा आगामी फागुनसम्म पालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाका लागि तयारी तिब्र बनाइएको छ ।
दमौली (तनहुँ), चैत २५ गते । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताउनुभएको छ ।आज यहाँ आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताउनुभयो । प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम संस्थाका रूपमा विकास गर्नुपर्छ भन्नुभयो ।उहाँले देशको सार्वभौमिकताको रक्षाका साथै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनामा सेनाले निर्वाह गरेको भूमिकाले नेपाली सेनालाई स्वदेश तथा विदेशमा विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताउनुभयो ।प्रधानसेनापति सिग्देलले नेपाली सेनाको कल्याणकारी बोर्डले लाभग्राहीलाई एउटै छानामुनि ल्याउन सञ्जाल निर्माण तथा विस्तार गर्दै आएको बताउँनुभयो । उहाँलेसमग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताका कारण बैँकिङ क्षेत्रमा थपिएको चुनौती, मुद्दती निक्षेपको ब्याज आम्दानीमा आएको गिरावट तथा शान्ति स्थापनामा खटिएका फौजको सङ्ख्यामा भएको कटौतीले कल्याणकारी कार्यक्रमको सञ्चालन र दिगोपनामा चुनौती थपिएको बताउनुभयो । रासस
सप्तरी प्रहरीले मोटरसाइकल चोरी मुद्दामा सहित संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरिएको छ।