इजरायली कब्जा बल (आइओएफ)ले बुधबार कब्जा गरिएको वेस्ट ब्याङ्कमा छापा मारी चार प्यालेस्टिनी सर्वसाधारणलाई पक्राउ गरेको छ ।
सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका –२, आहाले चौरमा तेस्रो खुला गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय सुन्दरबजार देवभूमि युवा क्लवले आयोजना गरेको प्रतियोगितामा २१ जना कृषकको गोरु जुधाइएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्दै पार्टी अघि बढिरहेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र मूल अमेरिकी आरक्षणको विस्तार सम्बन्धी दुई विधेयक खारेज गर्दै आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक भिटो शक्तिको प्रयोग गर्नु भएको छ ।
रौतहटमा बढ्दो चिसो र शीतलहरबाट प्रभावित सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले नेपाली सेनाले दाउरा वितरण गरेको छ ।
चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान-२९ए’ र ‘शिजियान-२९बी’ नामका उपग्रह बिहान ६:४० बजे (बेइजिङ समय) लङ मार्च-७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबिच आज भेटवार्ता भएको छ ।
माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका यात्रा प्रतिबन्धको प्रतिकार स्वरूप अमेरिकी नागरिकहरूको आफ्ना देशमा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
अमेरिकी वामपन्थी युवा अग्रगामी जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण गर्न लाग्नु भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिनुभएको छ ।
जेनजी आन्दोलनको बेला गत भदौ २४ गते बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ जना कैदीमध्ये अझै ९५ जना सम्पर्कविहीन रहेको र उनीहरुको खोजी कार्य भने भइरहेको कारागारले जनाएको छ ।
बाह्रबिसे नगरपालिका-२ नम्बर वडा कार्यालयले आफ्ना वडाभरका सात वटा सामुदायिक विद्यालयका पाँच सय २३ जना छात्रछात्रालाई न्यानो ट्रयाकसुट सहयोग गरेको छ।
दुर्गम गाउँबस्तीका कृषिजन्य उत्पादनको प्रबर्धनका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले पाक्षिक हाटबजार सुरु गरेको छ । हरेक बर्षझैँ यसबर्ष पनि जाडोयाममा हाटबजार सञ्चालनमा ल्याइएको हो ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ ।