एक महिनाभन्दा बढी समयदेखि चलेको भीषण द्वन्द्वपछि अन्तिम घडीमा अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । तर गोलीबारी रोकिए पनि दुवै पक्षले आफूलाई विजेता घोषणा गरेकाले तनावको मूल कारण अझै समाधानतर्फ नपुगेको सङ्केत देखिएको छ ।
राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूलाई शपथ गराउनुभएको हो ।
दुई वर्षदेखि घर भित्रै जबरजस्ती करणी तथा चरम हिंसा भोगेकी कैलालीका एक बालिकाले पीडक विरुद्ध किटानी जाहेरी दिने हिम्मत गर्नुभएको छ ।
जिल्लाको माडी नदीमा डुबेर एक युवकको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–६, भानढाडाका १९ वर्षीय नवराज घर्तिमगरको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैतडीको मेलौली नगरपालिका–८, कोटिगाउँमा जङ्गली बाघको आतङ्क बढ्दै गएको छ। पछिल्ला दिनमा बाघ गाउँमै पसेर दिनदहाडै बाख्रामा आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला सात हजार २०० र चाँदी तोलामा २०५ ले वृद्धि भएको हो ।
मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१६ मा अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्दै आएका भट्टी सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
तनहुँका कुखुरापालक किसान आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाएपछि आन्दोलित भएका छन् । उत्पादक किसान र उपभोक्ताबिचको मूल्यमा ठुलो अन्तर रहेको र बिचौलियाको चलखेलका कारण वास्तविक किसान मारमा परेको भन्दै उनीहरूले स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन्
सिन्धुली जिल्लामा पहिलो पटक कपिलाकोट गाउँपालिका–६ भुताहाका किसानले मकैको ‘रामपुर हाईब्रिड–१०’ जातको बिउ उत्पादन सुरु गरेका छन्।
नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस वर्षको दिवसको नारा ‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान नाराका साथ’ भन्ने रहेको छ ।
बाँकेको खजुरा क्षेत्रमा पछिल्लो समय खेलकुदका गतिविधिहरू तीव्ररूपमा बढ्दै गएका छन्। ग्रामीण क्षेत्रमा निरन्तर आयोजना हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका साथै दर्शकको आकर्षण पनि बढाइरहेको छ।
काठमाडौँ महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको अधुरो काम पूरा गर्ने भएको छ ।
संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको पहिलो बैठक बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।
गोरखा आँबुखैरेनी सडक खण्डअन्तर्गत दरौदी नदीमा कार खस्दा दुई जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान किरब ३ः३० बजे आँबुखैरेनीबाट गोरखातर्फ आँउदै गरेको बा १७ च ९९०६ नम्बरको क्रेटा कार सडक दुर्घटना हुँदा दुई जना गम्मीर घाइते भएका हुन् ।