• २५ चैत २०८२, बुधबार

माडी नदीमा डुबेर एक युवकको मृत्यु

blog

सुजल श्रेष्ठ
प्यूठान, चैत २५ गते ।
जिल्लाको माडी नदीमा डुबेर एक युवकको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–६, भानढाडाका १९ वर्षीय नवराज घर्तिमगरको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो माण्डवी गाउँपालिका-१, सिमलचौरस्थित माडी खोलामा नुहाउने क्रममा बेपत्ता भएका घर्तिमगरको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घर्तिमगर ट्याक्टरको सहचालक रहेको स्थानीयले बताएका छन् ।