• २५ चैत २०८२, बुधबार

राष्ट्रिय सभाका चार समितिका सभापतिको शपथ

blog

तस्बिरः रासस

काठमाडौँ,  चैत २५  गते । राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूलाई शपथ गराउनुभएको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । रासस