तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको काम तत्काल सुरु गर्न अर्थमन्त्री एवम् तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ ।
काठमाडौँ, चैत २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुनुहुन्छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ ।परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “प्रधानमन्त्री वालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कूटनीति, बलियो नेपाल !” रासस
सफल उद्यमीका रूपमा परिचित धादिङकी वसुमाया तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सहकोषाध्यक्षसमेत रहनुभएकी तामाङले आगामी दिनमा महिला हकहित, सशक्तीकरण र उद्यमशीलता प्रवर्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर नीतिगत तहमा काम गर्ने बताउनुभएको छ ।
कोहलपुर नगर अस्पतालमा आजबाट न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सुरु भएको छ । स्वास्थ्य सेवा थप सहज, छरितो र पहुँचयोग्य बनाउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याउन लागिएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।
बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भएर २९ वर्षबाट फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
गाउँपालिकाले अनलाइन पोर्टलमा आगलागी घटनाको विवरण प्रविष्ट नगर्दा पीडितहरू सङ्घीय सरकारअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पाउने राहत सहयोगबाट वञ्चित भएका छन्।
फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा सजाय सुनाइएपछि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
धवलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) २०७९ ले स्थापना गरेको छात्रवृत्ति कोषको रकम क्याम्पसलाई हस्तान्तरण गरिएको छ।
नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ ।
सार्वजनिक स्थानमा एक बृद्धलाई कुटपीट गरेको अभियोगमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ ।
इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ ।
निजामती प्रशासन राज्यको स्थायी संयन्त्र हो । यसलाई स्थायी सरकार पनि भनिन्छ । यो सेवालाई भ्रष्टाचारमुक्त, भरपर्दो, विश्वसनीय, पारदर्शी र राजनीतिक हस्तक्षेपमुक्त बनाउन सके मात्र राज्यको सेवा प्रवाह सहज हुन्छ । यसैबाट यो सेवा पनि मर्यादित हुन्छ । अहिलेसम्म पुरानो निजामती सेवा ऐन, २०४९ बाट मुलुकको निजामती सेवा सञ्चालित छ । यो ऐनलाई विस्थापित गरी मुलुकको सङ्घीय संरचना अनुसारको निजामती सेवा सञ्चाल
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् ।