शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लक्ष्मी तिमिल्सेना
जमुनाह, चैत २५ गते । कोहलपुर नगर अस्पतालमा आजबाट न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सुरु भएको छ । स्वास्थ्य सेवा थप सहज, छरितो र पहुँचयोग्य बनाउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याउन लागिएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिजिटल प्रविधिमा आधारित एक्स–रे सेवाबाट बिरामीहरूले छिटोछरितो रिपोर्ट प्राप्त गर्न सक्नेछन् । यस सेवाले विशेषगरी आर्थिक रूपमा कमजोर तथा सर्वसाधारण नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
उहाँले नगरवासीलाई आवश्यक परेमा अस्पतालबाट उक्त सेवा लिन अनुरोध पनि गर्नुभएको छ । डिजिटल एक्स–रे सेवा सुरु भएसँगै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने विश्वास गरिएको छ ।