जिल्ला अस्पतालका बिरामीलाई पोषणयुक्त खानेकुरा र सरसफाइका सामानहरू सहयोग गरिएको छ ।
स्याङ्जाको पुतलीबजार सहित सिद्धार्थ राजमार्गमा सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन थालिएको छ ।
एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी फैलिएको दादुरा प्रकोप नियन्त्रण गर्न बङ्गलादेशले देशव्यापी आपतकालीन खोप अभियान सुरु गरेको छ । तीव्र रूपमा बढ्दो सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर उच्च जोखिम क्षेत्रबाट अभियान अघि बढाइरहेको छ ।
भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
दाङको देउखुरीमा चितुवा नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयनमार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताउनुभएको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकाङ्क्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ । करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव सङ्कलन गरेका छन् ।
आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक जना कर्मचारीको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनले गाजाबाट चिकित्सा निकासी स्थगित गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभएको छ ।
जिल्लाको निसी खोलामा एक महिलाको शव फेला परेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समय सीमा नजिकिँदै गर्दा पनि तेहरानले आफ्नो अडान नछाड्ने सङ्केत दिएको छ । होर्मुज जलडमरूमध्य खोल्न दबाब बढ्दै जाँदा इरानले त्यसलाई बेवास्ता गर्दै सैन्य कारबाही जारी राख्ने जनाएको छ ।
प्रतिनिधि सभाको बैठक सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा सुरु भएको छ ।
मङ्लबार भइरहेको एसईई परीक्षामा मर्यादा उलङ्घन गर्ने र गराउँदै गरेका एक शिक्षकसहित चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुटाको पाख्रीबास नगरपालिका स्थित पाख्रीबास–सान्ने सडक स्तरोन्नतिको काम गर्ने मजदुरले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।