नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिकाले खोला तथा नदी किनारमा सवारी साधन धुन निषेध गरेको छ ।
सुन्तला उत्पादनमा समस्या देखिए पछि धनकुटाको सहिदभूमि गाउँपालिका–४, खोकुमा गाउँमै पुगेर माटो परीक्षण गरिएको छ ।
इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ऽ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।
नियमित भुक्तानी नपाउँदा पश्चिम नवलपरासीका दुध बिक्री गर्दै आएका सहकारीहरूले दुग्ध विकास संस्थान (डिडिसी)लाई दुध बिक्री गर्न छाडेका छन्।
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको भेटमा मुस्ताङमा ३ प्रतिशतभन्दा कम जग्गाको मात्रै नापी भएको जानकारी गराउनुभएको छ।
पश्चिम बागलुङको निसी खोला गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् । गाउँपालिका-४, जैथुम्काको उपल्लो निसी लघुजलविद्युत आयोजना परिसरमा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी साहायक निरीक्षक तेजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गर्नुभएको छ ।
भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ । घरेलु प्रविधिबाट डिजाइन गरिएको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टर (पिएफबिआर) ले सफलतापूर्वक नियन्त्रित आणविक शृङ्खला प्रतिक्रिया सुरु गरेको छ ।
बर्दियामा कृषि बिमा अन्तर्गत केरा खेतीको बिमा नहुँदा किसानहरू चिन्तित भएका छन् । किसानले दुःख गरेको खेती विपत् र रोग कीराका कारण नोक्सान भएमा क्षतिपूर्ति दिने गरी कृषि बीमाको व्यवस्था गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ।
बुटवल–नारायणगढ सडक विस्तारमा भइरहेको ढिलाइ र दाउन्ने खण्डको जोखिमपूर्ण यात्राका कारण आजित भएका सर्वसाधारणका लागि त्रिवेणी–दुम्किबास सडक जीवनरेखा मानिन्छ।
धनुषाको ढल्केबरमा रहेको मालापोत कार्यालयमा करारका कर्मचारी नियुक्ति गरिएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा बैठक भोलि (बुधबार) बिहान ९ बजेदेखि विश्वविद्यालयकै परिसरमा आयोजना हुने भएको छ।