शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, चैत २४ गते । फेदीखोला गाउँपालिकाले तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ट्होटेको अवसरमा स्थानीय बिदा दिएको छ ।
पालिकाले मङ्गलबार गाउँपालिकाअन्तर्गतका सबै कार्यालय तथा विद्यालयहरूमा बिदा दिएको हो ।
तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ट्होटे पर्वको अवसरमा उक्त निर्णय गरिएको गाउँपालिकाको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
गाउँपालिकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु समुदाय सहित सबै नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ ।
गाउँपालिका अध्यक्ष सुवेदीले यस पर्वले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।