विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २४ गते । सप्तरी प्रहरीले विभिन्न मुद्दाका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालविवाह मुद्दाको कानुनी विवादमा परेका दुईजना र चोरी उद्योगका एक जना रहेका छन् ।
बालविवाहको कानुनी विवादमा परेकाले राजविराजका दुई जना नवालकलाई प्रहरीले पक्राउ गरेको हो । उहाँहरुले आइतबार कानुनी विवादमा परेर बालविवाह गर्नुभएको थियो ।
यस्तै, चोरी उद्योग मुद्दामा खडक नगरपालिका वडा नम्बर ७ का १८ वर्षीय मो बरकतसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
बरकतले आइतबार राजविराजस्थित भूमिसुधार मालपोत कार्यालयमा गुलेश्वर यादवको गोजीमा हातहाली चोर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।