हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ ।
नेपाल मगर सङ्घ बाँकेले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना आदानप्रदानका साथै वृहत साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट प्रवाह हुने सेवामा कुनै पनि प्रकारको विभेद, दुव्र्यवहार र अनियमितता नगर्न निर्देशन दिएको छ ।
बागमती प्रदेशको प्रदेश सभाको सत्रौँ अधिवेशन यही चैत २४ गतेका लागि आह्वान गरिएको छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेको बताउनुभएको छ ।
सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एवं पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ ।
महोत्तरी जिल्लाकै प्रमुख व्यापारिक केन्द्र गौशाला नगरपालिकास्थित गौशालाबजारमा सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्ने अभियान अब वडा अध्यक्षको नेतृत्वमा पुनः सञ्चालन हुने भएको छ।
ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ ।
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई निः शुल्क शिक्षा दिन लागिएको हो ।
सर्लाही सदरमुकाम मलङ्गवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयबाट प्रहरीले आइतबार नौ जनालाई पक्राउ गरेको छ ।
चैते दसैँको अवधिमा करिव पन्ध्र हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । चैते दसैँको समय अर्थात पछिल्लो १० दिनमा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करण आगामी वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ।
बागलुङ नगरपालिका वडा ५ को मालिकास्थित गण्डकी गोपाल गौशाला सर्वसिद्वीधाम पञ्चकोट जत्तिकै महत्वपूर्ण छ । पञ्चकोटमा आयोजना गरिने महायज्ञमा यो गौशालामा पनि हवन र पुजन गरिदै आइएको छ ।
गुल्मीमा नेपाली सेनाले भूतपूर्व सैनिक सम्मेलन-२०८२ सम्पन्न गरेको छ।