हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–५, हिल्सा क्षेत्रको किटमा रहेको नेपाल र चीनको सीमास्तम्भ जोखिममा रहेको छ । पहिले दुई देशले तयार पारेको सो क्षेत्रको सीमास्तम्भ पहिरोले भत्काएपछि जोखिममा परेको हो ।
रुकुमपश्चिममा साढे आठ हजार भूकम्पप्रभावितको नाम अनुमोदन भएको छ । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकामध्ये आठ हजार ५७६ लाभग्राहीको नाम आवास पुनर्निर्माण तथा प्रबलीकरणका लागि अनुमोदन भएको हो ।
जाजरकोटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार दुई सय १० मतदाता थपिएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
उपल्लो मुस्ताङको उच्च क्षेत्रमा हिमपातसँगै बासस्थान र आहाराको अभावका कारण बस्ती नजिक आउने बन्यजन्तुको अनलाइनबाट निगरानी गर्न क्यामेरा जडान गरिएको छ ।
आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकमा रहे पनि बझाङका केही दुर्गम गाउँ अहिलेसम्म आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रमा नागरिकलाई आफूले चाहेको दल र उम्मेदवार छनोट गर्ने अधिकार भएको बताउनुभएको छ । बुधबार पूर्वी मकवानपुरको बकैया
डिफेन्डिङ च्याम्पियन माउण्ट एभरेष्ट आवासीय माविले २३ औँ अन्तर मावि जेसीजकप फुटवल प्रतियोगितामा विजयी यात्रालाई जारी राख्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बिउ वितरण सुरु गरेको छ ।
पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ ।
आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तय भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने ६ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाले दाबी गरेका छन् ।
पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् ।
यहाँको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा