राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गर्नुभएको छ ।
जनकपुरमा भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई एक सय ६३ रनले हरायो । यस्तै वीरगन्जमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५० रनले हरायो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ स्थित रानीपौवा बसपार्कमा सेताम्मे हिउँमा पार्किमा राखेको सवारीसाधन र आसपासका क्षेत्र।
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको छ ।
किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकरण गर्न माग गरेको छ ।
यही चैत २७ देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका –२ ढाकमरमा रङ्गिएका चट्टानहरू छन् । समुन्द्री सतहदेखि ३८ सय २० मिटरको उचाइमा रातो, खस्रो पहाडको कलात्मक आकृतिसहित आसपासको क्षेत्रमा रहेका प्राचीन गुफाहरूले उपल्लो मुस्ताङको लोमान्थाङ हुँदै तिब्वतको सिमानामा पर्ने कोरला नाकाको भ्रमणमा जाने पर्यटकलाई आकर्षित गर्नेगरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गत फागुन महिनामा मात्रै बाँकेमा २७ जना फरार अपराधीलाई पक्राउ गरि कानूनी दायरामा ल्याइएको जनाएको छ ।
राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिनुभएको छ ।
नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका वडा ३ खजुरा बजारस्थित पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । पुल बनेपछि यात्रुहरुले बर्षौदेखि भोग्दैआएको सास्ती अन्त्य भएको छ ।
पत्रकार जागेश्वर सिंह थारूको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै थारु पत्रकार संघ नेपाल बाँकेको पाँचौँ जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ ।
स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिनुभएको छ ।
नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।