• २१ चैत २०८२, शनिबार

जेसिज कप फुटबलमा १२ टोली

blog

रामकृष्ण बोहरा

बागलुङ, चैत २१ गते । चैत २३ देखि २८ गतेसम्म बागलुङको बाङेचौर खेल मैदानमा हुने चौथो संस्करणको गण्डकी प्रदेश स्तरीय ‘जेसिज कप’ फुटबल प्रतियोगितामा विभागिय टोली नेपाल प्रहरी र सेनासहित १२ टोली सहभागि हुने भएका छन् । 

जेसिज प्रहरी र सेना, छिमेकी जिल्ला र स्थानीय क्लबहरुले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो । आर्थिक संकलन, टिम दर्ता, प्रचार प्रसारसंगै व्यवस्थापनको काम चलिरहेको जेसीज वर्ष २०२६ की अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले गतवर्ष जस्तै ‘गोल फर ग्रिन’ को रुपमा प्रतियोगिता संचालन गर्ने र गोलका आधारमा फलफुलका बिरुवा रोप्ने तयारी भएको जानकारी दिनुभयो । 

प्रतियोगिताका लागि १० लाख रुपियाँ खर्च लाग्ने र त्य आयोजना गर्न लागिएको हो । केही रकम अन्य दाताले पनि दिने तय भएको अध्यक्ष सका लागि जेसीजका सदस्य, पूर्व सदस्यहरु र पूर्व अध्यक्षहरुले दिएको रकमबाट खेल श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२/१२ हजार रुपियाँ प्रदान गरिने छ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई १०/१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डरलाई ५/५ हजार रुपियाँ  प्रदान गरिने प्रतियोगिता संयोजक एवम् जेसीज बागलुङका कार्यकारिणी उपाध्यक्ष सुभम् राजभण्डारीले जानकारी दिनुभयो ।

चार वर्षदेखि जेसीजले २ लाख राशीको ‘जेसिज कप’ फुटबल प्रतियोगिता गर्दै आएको छ । जेसीजले सामाजिक क्षेत्रमा युवा सशक्तिकरण, सरसफाइ, हरित समाज निर्माण जस्ता काममा अगुवाई गर्दै आएको छ ।