रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ स्थित चौरजहारी विमानस्थल आठ वर्षदेखि पूर्ण रूपमा बन्द छ । वि.सं. २०२८ मा निर्मित यस विमानस्थलको कच्ची धावनमार्गमा नियमित उडान हुँदै आए पनि कालोपत्रे भएपछि भने सेवा ठप्प भएको छ ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दै छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं. १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको क्रममा एक तिर्थालुको ज्यान गएको छ ।
नेपाल कबड्डी लिग (एनकेएल) को रोमान्चक प्रतिस्पर्धामा र्यापरहरूको सिर्जना पनि देख्न र सुन्न पाइने भएको छ ।
झापाको चन्द्रगढीमा नेपालमै सर्वाधिक पुरस्कार राशीको महिला फुटबल प्रतियोगिता चन्द्रगढी महिला गोल्डकपक हुने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले उहाँप्रति बधाई ज्ञापन गर्नुभएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
माटोको सुगन्धमा आफ्नो भविष्य खोज्नुभएकी सफल महिला उद्यमी कल्पना गौली ‘भानु–घाँसी सम्मान–२०८२’ बाट सम्मानित हुनुभएको छ ।
कालीकोटको सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको छ । जिल्लाको २० परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको हो ।
जिल्लाको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा प्रहरीले लागुऔषध तथा स्रोत नखुलेको नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिकाको शिक्षा विकास तथा समन्वय इकाइमा कडा निगरानीमा परीक्षा लिइएकै दिन परीक्षण सुरु गरिएको छ ।
इरानले शुक्रबार मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । यस घटनामा एक चालक उद्धार गरिएको छ भने कम्तीमा अर्को अझै हराइरहेको छ । यो घटना युद्धको क्रममा पहिलो पटक अमेरिकी विमान नष्ट भएको क्षणको रूपमा लिइएको छ ।
बाँकेको डुडुवा गाउँपालिका –६ हिरमिनियाका चर्चित किसान जयपाल मौर्यले यस वर्ष आठसय क्विन्टल आलुको बिउ उत्पादन गर्नुभएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो चरण कार्यान्वयन गर्न प्रशासनिक समिति गठनको प्रस्ताव गरेको छ । यो प्रस्ताव हमासको प्रतिनिधिमण्डलले दुई दिनको काहिरो भ्रमणपछि जारी गरेको विज्ञप्तिमा आएको हो ।
काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो ।