शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नयाँदिल्ली, चैत २१ गते । पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर गएपछि ९ जना परिवारका सदस्यको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । यो दुर्घटना शुक्रबार राति नासिक जिल्लाको डिन्डोरी शहरको शिवाजी नगर क्षेत्रमा भएको हो, जुन मुम्बईबाट लगभग ३०५ किलोमिटर उत्तरपूर्वमा पर्दछ ।
प्रहरीका अनुसार, मृतक सामाजिक कार्यक्रममा सहभागी भएर फर्किदै थिए जब कार दुर्घटना भएको थियो । प्रहरीले मुद्दा दर्ता गरेको छ र दुर्घटनाको छानबिनका लागि आदेश दिएको छ । भारतमा सडक दुर्घटना सामान्य छन् र प्रायः बढी लोड, सडकको खराब अवस्था र लापरबाहीपूर्ण ड्राइभिङका कारण हुने गर्छन् । रासस/सिन्ह्वा