जाजरकोटमा माध्यमिक शिक्ष परीक्षा (एसईई) परीक्षाको उत्तरपुस्तिका जाँच गर्न सुरु गरिएको छ । जाजरकोटका १६ वटा परीक्षा केन्द्रमा उत्तरपुस्तिका जाँच गर्न सुरु गरिएको हो ।
तनहुँ, लमजुङ र मनाङ जिल्ला जोड्ने डुम्रे-बेँसीसहर-चामे सडक खण्ड भोलि चैत २१ गतेदेखि दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।
आगलागीबाट डेरी उद्योग नष्ट भई आर्थिक सङ्कटमा पर्नुभएका पर्वतका युवा उद्यमीलाई विदेशमा रहेका साथीभाइले आर्थिक सहयोग गरेका छन् ।
रौतहट सदरमुकाम गौरबाट शुक्रबार पाँच जना बिचौलिया पक्राउ परेको छ ।
सदरमुकाम रहेको सिमकोट बजारको अनुगमन गर्ने कार्य भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर भेरी नदीमा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ ।
महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द चार दिनपछि मृतावस्थामा फेला परेका छन् ।
मकवानपुरमा एक सय मेगावाट क्षमताको जलालायुक्त जलविद्युत् आयोजना निर्माणको तयारी थालिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, पूर्वअध्यक्षसहित सरोकारवालाहरुले निजी क्षेत्रसँग सम्बन्धित ३० भन्दा बढी ऐन परिमार्जन गर्न माग गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त हुनुभएको हो ।
अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै परिवर्तन नगर्ने र यस विषयमा अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ धनुषाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्र रूपमा अगाडि बढाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आयुर्वेद स्वास्थ्य सेवालाई पनि स्वास्थ्य बिमामा आवद्ध गर्न आग्रह गरिएको छ ।