सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने निर्णय गरेपछि अस्पतालहरूले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन् ।
सुनसरीमा ठूलो परिमाणमा लागु औषध फेला परेको छ । बिहीबार राती १६ हजार आठ सय क्याप्सुल लागु औषध ट्रामोल फेला परेको हो ।
वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ उनीहरु सम्पर्कबिहीन भएका थिए ।
मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ ।
स्याङजाको वालिङ नगरपालिका यतिबेला ‘गुलाबी सहर’ को रूपमा देशभर चिनिन थालेको छ । सहरको सडक, घरका भित्तादेखि लिएर सार्वजनिक संरचनासम्म गुलाबी रङले सजिँदै जाँदा यसले वालिङलाई अन्य नगरभन्दा फरक र आकर्षक बनाएको हो ।
सरकारले अटिजम भएका बालबालिकाको सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय मात्रै नभइ, विश्वव्यापी असर गहिरिँदै गएको सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य कारबाहीको चेतावनी दिनुभएको केही घण्टामै यस्तो आक्रमण भएको हो ।
मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान सुरु गरेको छ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । लिङ्तेपवासी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको हो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडा टेपरीमा हाइसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पाँच वर्षीय सुगन राना रहेका छन् ।
ओखलढुङ्गामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।
सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र जवाफदेहिताका लागि संवैधानिक इजलाससम्बन्धी ‘वेव पोर्टल’ सुरु गरिएको छ ।
कैलालीको बर्दगोेरिया गाउँपालिकाले स्थानीय उपभोक्तालाई सुधारिएको चुलो वितरण गरेको छ । एकता समाज काठमाडौँको सहयोग र गाउँपालिकाको समन्वयमा निःशुल्क रुपमा चुलो वितरण गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बाजुराको सदरमुकाम मार्तडीमा लामो समयदेखि बसपार्क नहुँदा पार्किङको समस्या हुने गरेको छ । यहाँ दैनिक दर्जनौंभन्दा बढी लामो र सयौंको हाराहारीमा छोटो दूरीको गाडी दैनिक आउने जाने गरेका छन् । ती गाडी राख्न यहाँ बसपार्क नहुँदा पार्किङको समस्या हुने गरेको हो ।