• २० चैत २०८२, शुक्रबार

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

blog

लीलाधर वली 
घोराही, चैत २० गते ।
दाङमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको  मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा लमही नगरपालिका–७ बनघुस्रीमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका–६ निवासी ५५ वर्षीय समुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभएको छ । 

प्रहरीका अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको रा १ प ९६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर भएको दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ ।

प्रहरीले  पिकअप गाडी चालक स्याङ्जा गल्याङ नगरपालिका११ जिमुवाका २१ वर्षीय दुलराज पल्ली मगरलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।