• २० चैत २०८२, शुक्रबार

नागरिकका लागि सेवा केन्द्र

blog

बुटवल समाचारदाता

बुटवल, चैत २० गते । इलाका प्रहरी कार्यालय बुटवलमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सेवा केन्द्र स्थापना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, शोषण र दुव्र्यवहारका घटनाको उजुरी लिने, अनुसन्धान गर्ने र पीडितलाई उद्धार तथा कानुनी सहयोग प्रदान गर्ने उद्देश्यले उक्त सेवा केन्द्र स्थापना गरिएको हो । 

इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा निर्माण गरिएको भवनभित्र आवास कक्ष, बाल हेरचाह कक्ष, स्वागत, मुद्दा दर्ता, परामर्श कक्ष, बैठक र सम्मेलन कक्षलगायतको सुविधा रहेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भवन उद्घाटन गर्दै साधनस्रोतको अभावका बिच पनि नेपाल प्रहरीको काँधमा जनताको शान्तिसुरक्षाको जिम्मेवारी रहेको बताउँदै सेवा केन्द्रको भवनबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।