• १९ चैत २०८२, बिहिबार

प्रदेश प्रमुखद्वारा हिउँदे अधिवेशन आह्वान

blog

प्रदेश सभा भवन । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत १९ गते । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकारको सिफारिसमा उहाँले हिउँदे अर्थात सातौँ अधिवेशन आगामी चैत २४ गते आह्वान गर्नुभएको हो ।

बुधबार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुखले मंगलबार अपराह्न ४ः०० बजे हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।