शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विष्णुप्रसाद पोखरेल
दमक, चैत १९ गते । बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा झापाका दुई जना कैदी बन्दीले परीक्षा दिएकाछन् ।
झापा कारागारमा रहेका दुई कैदी बन्दीले चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिन शुरु गरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।
झापामा कुल १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भएको छ ।उहाँका अनुसार १५ हजार ४०१ नियमित, ५७४ प्राविधिक धारतर्फ र बाँकी ग्रेडवृद्धि परीक्षार्थी रहेकाछन् ।
जिल्लामा ४०८ वटा विद्यालयका विद्यार्थीले परीक्षा दिदैछन् ।यसमा १६३ सामुदायिक र २४५ संस्थागत विद्यालय रहेका छन् ।