नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले दोस्रो संस्करणका लागि कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ ।
रोजगारीका लागि अमेरिका पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको व्यास नपा-१२ स्थायी घर भई हाल काठमाडौँ चन्द्रगिरी नपा ७ बस्ने ३० वर्षीय रञ्जन पाण्डेले अमेरिका पठाइ दिनेभन्दै पीडितबाट पचहत्तर लाख पचास हजार रुपियाँ ठगी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
ताप्लेजुङमा पौडी खेल्नेक्रममा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका –३, लिबाङका २५ वर्षीय लाक्पा शेर्पालाई पौडी खेल्ने क्रममा खोलाले बगाएको हो।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ का उमाकान्त गौतमले पाँच वर्ष यता रैथाने जातको धान खेती गर्न छाड्नुभएको छ । उहाँले पहिले रोप्ने एक्ले, मन्सारा, सुनौलो सुगन्ध लगायतका हुन् । “पहिले–पहिले घर गाउँकै धान रोपिन्थ्यो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूकाबिचमा दरिलो सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकामा अवस्थित फोक्सुण्डो ताल ।
स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई परिपत्र गर्दै प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ ।
माध्यमिक शिक्षा परिषद्ले लिएको २०८१ को माध्यमिक शिक्षा परीक्षा एसइईमा दाङको घोराहीमा रहेका संस्थागत विद्यालयले करिब ९१ प्रतिशत नजिता ल्याउँदा सामुदायिक विद्यालयको नतिजा निकै कमजोर देखिएको छ ।
नवलपुरमा असार १५ सम्म ४० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई ‘असमानता, जलवायु अराजकता र उग्र द्वन्द्वले हल्लाएको संसार’ मा ‘विकासको इन्जिनलाई पुनर्जीवित गर्न’ सहयोग गर्न आग्रह गर्नुभएको छ ।
लालीमा सर्पको टोकाइबाट एक व्यक्तिको आज मृत्यु भएको छ । गोदावरी नगरपालिका–१२ का ४३ वर्षीय रामबहादुर बुढाको ज्यान गएको हो । बुढालाई आज बिहान आफ्नै घर अगाडि नचिनेको सर्पले दाहिने खुट्टामा डसेको थियो ।
अफगानिस्तानको सङ्कट समाधानार्थ संयुक्त राष्ट्रसङ्घ नेतृत्वको दोहा वार्ता सोमबार देखि सुरु भएको छ । वार्ता मादक पदार्थको प्रतिरोध, आर्थिक सुधार, सहयोगीहरुको समावेशी सहभागितामा केन्द्रित रहेको खामा प्रेसले जनाएको छ ।
इरानका उप-विदेशमन्त्री माजिद तख्न-रावान्चीले आइतबार साँझ बिबिसीलाई अमेरिकाले इरानमाथि थप आक्रमण नगर्ने आश्वासन नदिएसम्म वासिङ्टन र तेहरानबिच कूटनीतिक वार्ता पुनः सुरु हुन नसक्ने बताउनुभएको छ ।
नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङले पदक जित्नुभएको छ ।
आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिनुभयो ।