राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा) फागुन ५ गते ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्दाका तीन जना फरार कसुरदारलाई मङ्गलबार पक्राउ गरेको छ ।
स्याङ्जाको आँधिखोला गाउँपालिका–५ बस्ने जुठे दमै भन्ने पहले दर्जी, सोही ठाउँका गम्भिर दमै र भद्रसिंह गुरुङ लाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबाट जनही १० महिना कैद भुक्तान बाँकी रहेको प्रहरीले जनाएको छ। अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि प्रहरीले सञ्चालन गरेको अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
उनीहरूलाई कैद भुक्तान, लगत कट्टा तथा जरिवाना असुलको लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।