अमेरिका र इजरायलले व्यापक हवाई आक्रमण गरेपछि पनि इरान कमजोर नबनी अझै कडा प्रतिरोध गरिरहेको देखिएको छ । डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको सैन्य क्षमता लगभग नष्ट भएको दाबी गरे पनि वास्तविकता फरक देखिएको छ ।
झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस-२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने सङ्केत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको यस अभियानले प्रत्यक्ष अवतरण नगरे पनि भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण आधार तयार गर्नेछ ।
देशमै पहिलो पटक राइड सेयरिङलाई वैधानिकता दिएको गण्डकी प्रदेश सरकार औपचारिक रूपमा यो सेवा सुरु गर्ने तयारीमा जुटेको छ ।
यस वर्ष जिल्लाबाट चार हजार तीन सय ८५ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन लागेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ प्यूठानका अनुसार साधारण र प्राविधिक धारका परीक्षार्थी एसईईमा सहभागी हुन लागेका हुन् ।
श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तीलाई निः शुल्क पर्यटक भिसा प्रदान गरी छ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको छ । यससँग सम्बन्धित नियम मन्त्रिपरिषदको स्वीकृतिपछि संसदमा पेस गरिने सरकारी अधिकारीले बताएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका युवालाई लक्षित गरी ‘उदय परियोजना’ सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।
२०औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०८१ यही चैत २० गते शुक्रबार काभ्रेको बनेपामा हुने भएको छ ।
अज्ञात रोगका कारण चौंरी मर्न थालेपछि ताप्लेजुङका किसान चिन्तित बनेका छन् । खर्क (चरन क्षेत्र) तथा गोठमा रहेका चौंरी अज्ञात रोगले मर्न थालेपछि चौंरीपालक किसान चिन्तित बनेका हुन् ।
युरोपेली युनियन (इयू) लगायत अन्य दस वटा देशले संयुक्त विज्ञप्ति जारी गर्दै लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल)को सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन् । यस अघि भएको आक्रमणमा युनिफिलका तीन जना शान्ति रक्षकको मृत्यु भएको थियो ।
कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सानदार जित निकालेको छ ।
मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले इजरायले पारित गरेको प्यालेस्टिनी कैदीलाई मृत्युदण्ड दिने कानून खारेज गर्न आह्वान गर्नु भएको छ ।
मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ । यद्यपि सरकारले सम्भावित तीव्र मूल्य वृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ ।
सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ ।