लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ ।
नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।
बागलुङमा धान दिवसको अवसरमा पाँच जना कृषक पुरस्कृत भएका छन् । कृषि ज्ञान केन्द्र बागलुङले २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा आइतबार जिल्लाका उत्कृष्ट पाँच कृषकलाई पुरस्कृत गरेको हो ।
जिल्लाका चार उत्कष्ट किसानलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको विकल्पका रूपमा सञ्चालन हुँदै आएको वैकल्पिक सडक बाढीका कारण अवरुद्ध भएको छ ।
मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा मनाइँदै आएको १५ असार अर्थात् आइतबार परेको २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ चितवनका विभिन्न ठाउँमा धान रोपाई गरेर उत्सवको रुपमा मनाइरहेका छन् ।
गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ ।
कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो ।
प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।
धान दिवसको अवसरमा कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको तीन उत्कृष्ट कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सम्मानित कृषकमा बुढीनन्दा नगरपालिका –३ का रणबहादुर बोहरा (तरकारी खेती), बडीमालिका –८ का लालबहादुर अयडी (तरकारी खेती), र बुढीगंगा–१ की शुशिला थापा (बाख्रा पालन) रहेका छन् ।
दाङमा करिब ३० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । असारको १४ सम्म जिल्लामा सिँचाइ सुविधा भएको करिव ३० प्रतिशत खेतमा किसानले धान रोपाइँको काम सकेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
तेहरानको इभिन कारागारमा यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायली आक्रमणमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले आइतबार जनाएको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका किसानहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आधुनिकखेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
एसियाली विकास बैँकको सहयोगमा निर्माणाधीन पूर्व पश्चिम राजमार्गको काँकड्भिट्टा–लौकही सडक अन्तर्गत दोस्रो खण्डमा सबैभन्दा बढी भौतिक प्रगति भएको छ ।
मेलामा विद्यार्थीको विज्ञान क्षेत्र, कला, शिपसहित विभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शन गरिएका छन् ।