कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सानदार जित निकालेको छ ।
मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले इजरायले पारित गरेको प्यालेस्टिनी कैदीलाई मृत्युदण्ड दिने कानून खारेज गर्न आह्वान गर्नु भएको छ ।
मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ । यद्यपि सरकारले सम्भावित तीव्र मूल्य वृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ ।
सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ ।
सन् २०२६ को सुरुमा वित्तीय बजारले सामान्य प्रदर्शन देखाइरहेको थियो । तर इरानमा सुरु भएको युद्धले बजारलाई ठुलो अस्थिरता प्रदान गरेको छ ।
देशमै पहिलो पटक राइड सेयरिङलाई वैधानिकता दिएको गण्डकी प्रदेश सरकार औपचारिक रुपमा यो सेवा सुरु गर्ने तयारीमा जुटेको छ ।
नेकपा (एमाले) को संसदीय दलको बैठकले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई चयन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लङ्घन गरेको भनी आरोप लागेका व्यक्तिलाई सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको बेनी–जोमसोम सडक खण्डमा पहिरो रोकथाम तथा नियन्त्रण योजना सुरु गरिएको छ। म्याग्दी खण्डमा पर्ने चमेरे, सिरुवारी र दानाका विभिन्न स्थानमा रहेका साना–ठुला पहिरो रोकथामका लागि काम थालिएको हो।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ ।