बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले बङ्गलादेश सरकारले भारतलाई गरेको सुपुर्दगी अनुरोध अवैध भएको भन्दै नयाँ दिल्लीले यसलाई सम्बोधन नगर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सल्यान प्रहरीले जिल्लामा अवैध रूपमा सञ्चालन भई रहेका ४ वटा साना जिप गाडी नियन्त्रणमा लिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहनुभएको छ ।
समयमै राहदानी नआउने भएपछि जिल्ला प्रशासन कार्यालय लमजुङमा राहदानी बनाउन आएका सेवाग्राहीलाई काठमाडौं पठाउने गरिएको छ । राहदानी सेवा प्रभावित भएपछि सेवाग्राहीहरु नै आउन छाडेको प्रशासनका अधिकारीहरुको भनाइ छ ।
भियतनामको “खान हो” प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको स्थानीय मिडियाले बुधबार जनाएका छन् ।
दाङमा बर्सेनि पशुपालन क्षेत्रमा बजेट घट्दै गएको छ । पशुपालन क्षेत्रमा नयाँ पुस्तालाई आकर्षण गर्ने भनिएपनि बजेट भने बर्सेनि घट्दै गएको छ ।
गाजामा हालैको अविरल वर्षा र जाडो मौसमलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले राहतका रकम तुरुन्तै उपलब्ध गराउन थालेका छन् ।
नेकपा (एमाले) का नेता महेश बस्नेत बारा आउने भएपछि सिमरा क्षेत्रमा तनाव उत्पन्न भएको छ । सम्भावित झडपलाई रोक्न प्रशासनले दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म आज सिमरा आसपास क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ।
एक समय यस्तो थियो, जब मानिसले कोदोको ढिँडो लुकाएर खानुपर्थ्यो। ढिँडो खाएको कुरा खुलाउन पनि हिच्किचाइन्थ्यो। गाउँघरमै समेत ढिँडोलाई ‘गरिबको खाना’ भन्ने मानसिकता थियो।
दक्षिणपश्चिमी जापानको एक बस्तीमा लागेको भीषण आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म-रक्षा फौजका हेलिकप्टरले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य हुनुपरेको अधिकारीहरूले पुष्टि गरेका छन् ।
चीनले बुधबार ‘लङ मार्च-२सी’ बोक्ने रकेट प्रयोग गरेर तीन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । रकेट चीनको उत्तरपश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार दिउँसो १२:०१ बजे उडान भरिएको थियो ।
विराटनगर विमानस्थलको नयाँ टर्मिनलको पूर्वाधारतर्फको काम अन्तिम चरणमा पुगेको छ । यद्यपि निर्माण कम्पनीसँगको सम्झौता अवधी पुस मसान्तसम्म भने यसको निर्माण सम्पन्न हुने सम्भावना छैन ।
गुल्मीको सदरमुकाम तम्घासमा चल्ने अटो रिक्साको भाडामा एकरूपता छैन ।
जेनजी आन्दोलनको क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । अदालतले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई धनगढीबाट पक्राउ गरेको हो ।
गत वर्ष विद्यार्थी विद्रोहमाथि गरिएको दमनका कारण अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि पनि मङ्गलबार बङ्गलादेशको राजधानी ढाका तथा प्रमुख सहरहरू सामान्यरूपमै सञ्चालनमा रहेका छन् ।