मुस्ताङमा आर्थिक गणनाका लागि जिल्ला आर्थिक गणना कार्यालयको स्थापना गरिएको छ । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुने आर्थिक गणनाका लागि ५ जना गणक र एक जना सुपरीवेक्षक परिचालन गरिनेछ ।
लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ । यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ ।
सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल सक्रिय हुनुभएको छ।
पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको संवैधानिक दायित्वअनुसार मन्त्रालयले मार्गदर्शन तयार गरी सबै सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको सहसचिव टंकप्रसाद पाण्डेयले बताउनुभयो।
पत्रकार तथा कवि सरोज ओझालाई साहित्य तथा काव्य अभिव्यक्तिमा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उत्कृष्ट कवि तथा लरेट पुरस्कार २०२६ प्रदान गरिएको छ।
पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरले धरौटीमा छुटाइदिने भनी नौ लाख रुपियाँ ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
बैतडीको महाकाली नदीमा एक पुरुष बगेर बेपत्ता भएका छन् भने अर्की महिला मृत फेला परेकी छन्। पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुनुभएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।
कम्बोडियामा अनलाइन ठगी र अन्य गैरकानुनी गतिविधिमा संलग्न र बिना भिषा बसिरहेका ८ जना नेपाली नागरिकलाई उद्दार गरी नेपाल फर्काइएको छ।
पूर्वाधार विकास कार्यालय धनकुटाले जिल्लाका तीन महत्वपूर्ण सडक खण्डमा ‘सडक हेरालु’ खटाएको छ। विगतमा निर्माण भइसकेका यी सडक नियमित हेरचाह नहुँदा बिग्रँदै गएका थिए। अब सडक हेरालुको व्यवस्थाले सडक संरक्षण र दिगोपनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।