नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो ।
नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ ।
आँधीखोला गाउँपालिकाले दूधमा प्रति लिटर चार रुपियाँ अनुदान दिने भएको छ । पालिकाले बाङसीङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दूग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो ।
कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार दौडिनुहुन्छ । जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उहाँले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसक्नुभएको छ ।
बाजुराको मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बाउलीखोलामा पुल निर्माणका काम सुरु गरिएको झन्डै पाँच वर्षसम्म पूरा नभएको पाइएको छ । सो पुल एक वर्षकै निर्माण गर्ने गरेर ठेक्का भएको थियो ।
बाजुराका भेडीगोठ अहिले औल (बेँसी) झरेका छन् । यहाँका उच्च भूभागमा चिसो बढेसँगै भेडीगोठ पनि धमाधम औल (बेँसी ) झरेका हुन् । कात्तिकको पहिलो सातादेखि नै यहाँ चिसो सुरु भएसँगै अहिले भेडीगोठ औल (बेँसी) झारेको बुढीनन्दा नगरपालिकाका स्थानीय प्रेमसिं गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा यहाँका अधिकांश ठाउँमा हिमपात हुन्छ । त्योबेला भेडाबाख्राले खाने कुरा सबै हिउँले पुरिन्छ । त्यसैले भेडाबाख्रालाई पनि चरिचरन गर्न समस्या हुने भएकाले भेडीगोठ बेँसी सार्ने गरिन्छ ।”
पश्चिम नवलपरासीको सिद्धिविनायक आयल्स प्रालिबाट फैलाइएको प्रदूषणको विषयलाई लिएर जिल्लास्थित उद्योग वाणिज्य सङ्घ(उवासङ्घ) र केही राजनीतिक दलका प्रतिनिधिबिच विवाद चर्किएको छ । प्रदूषण नियन्त्रणका लागि गरिएको अनुगमनका क्रममा उत्पन्न परिस्थितिले गर्दा दुई पक्षबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको हो ।
सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।
सर्लाहीका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ परेको छ । उक्त गिरोहमा रहेका पाँच जना नेपाली र चार जना भारतीय पक्राउ परेका हुन् ।
बुटवलको इतिहास र युद्धको गौरवसँग जोडिएको ऐतिहासिक जितगढी युद्ध सङ्ग्रहालय बजेट अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । बुटवल–१ पुरानो बटौली बजारमा बनेको यो सङ्ग्रहालय दुई वर्षअघि निर्माण सम्पन्न भए पनि सञ्चालनका लागि अझै १२ करोड रुपियाँ आवश्यक पर्ने भएकाले सञ्चालनमा कठिनाइ आएको हो ।
यहाँ निर्माण भइरहेको ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गर्नु परेको स्थानीयको भनाइ छ ।
चिसो बढ्दै गइरहेको छ । केही दिनअघि यो क्षेत्रमा भारी हिमपात पनि भयो । ल्होमन्थाङ गाउँपालिका छोसेरका २८ वर्षीय पेमाछिरिङ गुरुङले माइनस १५ डिग्री सेल्सियस तापक्रममा नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार गरिरहनुभएको छ ।
म्झौता गरेर काम नगर्ने बर्दियाको अमन कन्स्ट्रक्सनलाई खजुराको गाउँपालिकाले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ । सम्झौता गरेको चार वर्ष पुगिसक्दा पनि अमन कन्स्ट्रक्सनले योजना पूरा गर्न सकेको छैन ।
कर्णाली प्रदेश सरकारले बालविवाह रोक्न रणनीतिक योजना स्वीकृत गरेको छ । बालविवाहलाई सरकारले कानुनी रूपमा निषेध गरे पनि बालविवाह हुने क्रम नरोकिएपछि छुट्टै कानुन निर्माण गरेको हो ।
सरकारी तथा सामुदायिक जग्गा अतिक्रमण गरी गैरकानुनी भोगचलन गर्ने क्रम रोकिएको छैन । देशभर अतिक्रमित तथा विभिन्न पक्षबाट गैरकानुनी रूपमा भोगचलन भइरहेका सरकारी–सार्वजनिक जग्गा संरक्षण गर्न