नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४८ पैसा र बिक्रीदर १४२ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ३.३२ प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार उक्त प्रदेशले चालु आवमा देशको कुल गार्हस्थ उत्पादनमा ७.०३ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ ।
उत्तरी गोरखाको मनासलु हिमालको काखमा रहेको साम्दोमा पर्यटकको चाप उच्च रहेको छ । दिनभर हिउँले छाएको पहाडको घमाइलो दृश्यमा हराउने पर्यटक चुमनुब्री गाउँपालिका–१, साम्दोमा साँझ पर्नेबित्तिकै आएर बस्ने ठाउँको खोजी हुन्छन् तर साम्दोमा तीन वटा मात्र होटेल रहेकाले क्षमताभन्दा धेरै पर्यटक आउँदा आवासको अभाव हुन थालेको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित साँवाको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । मङ्गलबार मध्यराति भएको आगलागीबाट तेम्बा बजारका चार घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।
गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति भएको छ । पहिरोले चिया सहकारीमा आबद्ध ९७ जना किसानको चिया बगान बगाउँदा चार करोड ७२ लाख ९० हजार रुपियाँभन्दा बढीको क्षति भएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सार्वभौम साख मूल्याङ्कनमा नेपालले सन् २०२५ का लागि पनि बिबी माइनस प्राप्त गरेको छ । सार्वभौम साखका लागि अन्तर्राष्ट्रिय मूल्याङ्कनकर्ता संस्था फिच रेटिङले गरेको नेपालको दोस्रो पटकको सार्वभौम साख परीक्षणमा पनि गत वर्ष बराबरमै बिबी माइनस प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ४२९ जनालाई जनही १५ हजार रुपियाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
सरकारले २०८१ चैत १५ गते तीनकुनेमा भएको पूर्वराजासमर्थक समूहको आन्दोलनमा मारिएका पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई रोजगारी प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालयमातहतको सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरको जागिर प्रदान गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने निर्णय गरेको छ । एमाले प्रतिनिधि सभा पुनस्र्थापनाका निम्ति सर्वोच्च अदालत जाने निर्णयमा पुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले चिकित्सकले सिफारिस (प्रेस्किप्सन) गरेको ‘एन्टिबायोटिक’ औषधी मात्र सेवन गर्न आग्रह गर्नुभएको छ । उहाँले चिकित्सकले लेखेको एन्टिबायोटिक औषधी पूर्ण मात्रा मात्र आवश्यक मात्रामा सेवन गर्न अनुरोध गर्नुभएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले विश्व मञ्चमा जलवायु परिवर्तनका कारण नेपालका हिमाल अनवरत रूपमा पग्लँदै जाँदा नेपालीले त्यसको तीव्र असर खेप्नु परेको मुद्दा उठाउनुभएको छ ।
सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शितामा गम्भीर प्रश्न देखिएको बताएको छ । मधेश प्रदेशका ७४ सांसदले सरकार गठन प्रक्रियाविरुद्ध दायर रिटमा सर्वोच्चको संयुक्त इजलासले सरकार गठन संसदीय मूल्यमान्यतामा प्रश्न देखिएकाले निवेदनको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर गर्ने निर्णय नगर्नसमेत आदेश गरेको छ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ स्थित माक्लुङ गाउँका स्थानीयवासी पदम कटवाल आफ्नो अधिकांश बारी मासेर पोखरी बनाई माछापालनमा लाग्नुभएको छ । केही वर्षअघिसम्म तरकारी, फलफूल तथा पशुपालनबाट जीविकोपार्जन गर्दै आउनुभएका कटुवाल अहिले भने तरकारी र फलफूल बाली मासेर माछापालनमा लाग्नुभएको हो । बाँदरले तरकारी तथा फलफूल बालीमा क्षति पु¥याएर आजित भएपछि उहाँ त्यसतर्फ आकर्षित हुनुभएको हो ।
अन्तिम चरणको छनोटअन्तर्गत क्वालालम्पुरस्थित बुकित जलिल नेसनल स्टेडियममा मङ्गलबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग १–० गोलले पराजित भयो ।