मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ः२२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो।
पर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोक सांस्कृतिक आधार भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपद्वारा आयोजित १३ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८२ सम्पन्न भएको छ । मेला काठमाडौँमा उद्घाटन भई पाँचखाल, पोखरा, बुढानीलकण्ठ, वसन्तपुर र पाटन दरबार क्षेत्रलगायत विभिन्न स्थानमा विविध सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको थियो ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति तत्काल नहुने बताउनुभएको छ । नेपाल आगामी नोभेम्बर २६ मा अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुने निर्धारित कार्यतालिका रहेकामा नेपाली उद्योगी व्यवसायीले अहिलेको प्रतिकूल आर्थिक अवस्थामा स्तरोन्नति स्थगन हुनुपर्ने माग गर्दै आएका छन् ।
भारतको विद्युतीय खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बाट नेपाल विद्युत् प्राधिकरणले आगामी अप्रिल १६ (वैशाख ३ गते) देखि दैनिक १६ घण्टा मात्र विद्युत् खरिद गर्न पाउने भएको छ । भारतले नेपालको विद्युत् आयात अनुमति नवीकरण गर्ने क्रममा आपूर्ति समय सीमित गरिदिएको हो । हरेक वर्ष नवीकरण गर्नुपर्ने यो व्यवस्था मङ्गलबार अन्तिम दिन रहेकामा यस्तो अनुमति दिएको हो ।
कोशी प्रदेशका विभिन्न जिल्लामा देखिएको बर्डफ्लु सङ्क्रमणका कारण पूर्वी नेपालको पोल्ट्री व्यवसाय धराशायी बन्ने अवस्थामा पुगेको छ । मोरङ, सुनसरी र झापामा सङ्क्रमण पुष्टि भएपछि कुखुराको उत्पादन र बिक्री दुवै ह्वात्तै घटेको छ, जसले गर्दा अर्बौंको लगानी गरेका किसान र व्यवसायी गम्भीर आर्थिक सङ्कटमा परेका छन् ।
सरकारले श्रमिकको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर कार्यस्थलका लागि ‘अधिकतम तापको स्तर (मापदण्ड), २०८२’ स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहको प्रस्तावमा मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त मापदण्ड कार्यान्वयनमा ल्याएको हो ।
नेपाल आयल निगमले आगामी वैशाखदेखि सबै आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्ने भएको छ । सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा समावेश सार्वजनिक सेवालाई डिजिटल प्रणालीमा लैजाने नीतिलाई सघाउ पु¥याउन आयल निगमले सम्पूर्ण आर्थिक कारोबार डिजिटल गर्ने निर्णय गरेको हो ।
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले अनिवार्य अवकाश पाउनुभएको छ । तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशपछि २०८१ असोज २० गतेदेखि प्रधान न्यायाधीशको जिम्मेवारीमा रहेका राउतले ६५ बर्से उमेरहदका कारण अनिवार्य अवकाश पाउनुभएको हो ।
गण्डकी क्षेत्रका कैयौँ मानिसको जीविकोपार्जन र मुलुककै पर्यटकीय अर्थतन्त्रमा ठुलो योगदान दिएको पोखराको फेवाताल मानवीय र प्राकृतिक दुवै थरी अतिक्रमणले खुम्चिँदै गएको छ । यसको संरक्षणका लागि सरकारका प्रयास तथा अतिक्रमण हटाउन अदालतका आदेशसमेतलाई बेवास्ता भइरहेको सन्दर्भमा नयाँ निर्वाचित सरकारका प्रधानमन्त्री वालेन्द्र शाहको प्राथमिक चासोमै फेवा अतिक्रमण हटाउने कार्य परेको छ ।
शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
निकोटिनयुक्त भेप वा विद्युतीय चुरोटले फोक्सो तथा मुखको क्यान्सर गराउन सक्ने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको चौथो अधिवेशनबाट गण्डकी प्रदेश अध्यक्षमा बागलुङका नरेश कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रत्यासी नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि कँडेल निर्विरोध हुनुभएको हो ।
डिभिजन वन कार्यालय तनहुँले भीमाद नगरपालिकाबाट उद्धार गरिएको घाइते एक मृगको बच्चालाई थप उपचार र संरक्षणका लागि कास्की पठाएको छ ।
यहाँको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ ।